वाक स्वतन्त्रताको हनन् भयो,ट्रम्प


माइक्रो ब्लगिङ् साइट ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही ट्विटहरूमा पहिलोपटक ‘फ्याक्ट-चेक’ चेतावनी राखिदिएको छ।

ट्विटरले मंगलबार ट्रम्पका दुईवटा ट्वीटमा यस्तो चिन्ह लगाएको हो।

ट्विटरले ट्रम्पको मेल-मतपत्रलाई ‘कपटपूर्ण’ भनेको र  ‘मेलवक्स लुटिनसक्छ’ भन्ने चेतावनीको वाक्यांश भएका ट्विटमा चेतावनीको चिन्ह लगाइदिएको हो।

ट्विटरको यो कदम ४५ अमेरिकी राष्ट्रपतिको चुनावको ताका ट्विटहरूमा कुनै पनि सामुदायिक निर्देशनहरू लागु नगराउने निर्णय गरेको वर्षौपछि आएको हो।

यो कदम ट्विटरको ट्रम्पप्रति गर्ने व्यवहारको नयाँ मोड हो या होइन भन्न भने चाँडो हुनेछ। तर, यस किसिमको चेतावनीले ट्रम्पले आफ्नो सीमा नाघेको र ट्विटरले सोका विरुद्ध अख्तियार गर्न नचाहेको कदम चालेको रुपमा हेरिएको छ।

ट्विटरको यस कदमलाई राष्ट्रपति ट्रम्पले भने आसन्न चुनावमा ट्विटरको हस्तक्षेप भएको प्रतिक्रिया दिएका छन्।

‘ट्विटरले २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न सुरू गरेको छ। उनीहरूले ‘मेल-न ब्यालोट्स’मा मैले दिएको भनाइले व्यापक भ्रष्टाचार र धोकातर्फ लैजाने बताइरहेका छन्, जुन गलत हो। उनीहरूले यो सिएनएन र अमेजन वासिङट्न पोस्टको गलत समाचारमा आधारित भएर गरिरहेका छन्’, ट्वीटरमा ट्रम्पले भने,  ‘ट्विटरले वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम गरेको र राष्ट्रपतिका रुपमा त्यस्तो हुन दिन्न।’

(Copied from Seto Pati)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope