सभ्यता मरेको मेरो समाज


प्रेम,
किन बुझ्दैन आफ्नो हैसियत
र पुग्छ ‘माथिल्लो जात’ सम्म ?
किन बिर्सिन्छ आफ्नो सिमा
र पुग्छ धर्म, जात, छिचोलेर हृदय भेट्न ?
प्रेमको पनि सिमा हुनुपर्ने होईन र ?
यसको पनि छुट्टै भाषा, बर्ण, धर्म, लिङ्ग हुनुपर्ने होईन र ?
भुल त उसैले गर्यो सायद जसलाई लाग्यो प्रेम
‘हृदयको भाषा हो’ संवेदना हो, दुई मनको मिलन हो
जुन कुनै रंगले पोतिनु हुदैन।
उ बाँचेको समाजले जे सिकायो
उसले त्यसको ठिक बिपरित गर्यो
र उपहार पायो– क्रुर हत्या
त्यहाँ एउटा प्रेमको हत्या भयो ।
प्रेमको हत्या हुनु भनेको सभ्यताको मृत्यु हुनु हो ।
सभ्यता मरेको मेरो समाजको लाज
म कहिलेसम्म छोपिरहौं ?

कबि परिचय: तुलसी आचार्य साहित्य लेखनमा रुचि राख्छन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस