वडाध्यक्षको अचानक मध्यरातमा मृत्यु

१४ जेष्ठ २०७७, बुधबार ००:०२

कञ्चनपुर- क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो।

सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धामीले मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

(Copied from Nepal Samaya)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.