अहिलेसम्मकै उच्च कोरोना संक्रमित, कुन देशमा कतिको मृत्यु ?


काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

बिहीबार एकै दिनमा १ लाख १६ हजार ३ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन् । बुधबार थपिएका संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ थियो । मंगलबार ९१ हजार ८ सय ८२ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसअघि मे २२ अर्थात जेठ ९ गते सबैभन्दा बढि व्यक्ति कोरोनाबाट संक्रमित भएका थिए । उक्त दिन १ लाख ७ हजार ५ सय २१ जनामा संक्रमण पुष्टि भएको थियो । उक्त रेकर्डलाई तोड्दै बिहीबार एकै दिनमा १ लाख १६ हजार ३ सय ४ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा भने ५ हजार ८६ जनाको मृत्यु भएको छ । बुधबार ४ हजार ६ सय १२, मंगलबार ५ हजार २ सय ८३, सोमबार ४ हजार ४८ व्यक्तिको मृत्यु भएको थियो ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ५८ लाख ३ हजार ४ सय १६ व्यक्ति संक्रमित भएका छन् भने ३ लाख ५९ हजार ७ सय ९१ व्यक्तिको मृत्यु भएको छ ।

सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ १७ लाख २० हजार ६ सय १३ ब्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख १ हजार ५ सय ७३ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४ लाख ३८ हजार २ सय ३८ जना संक्रमित भएका छन् भने २६ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । रुसमा ३ लाख ७९ हजार ५१ जना संक्रमित भएका छन् भने ४ हजार १ सय ४२ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ७० हजार ५ सय ७ जनामा संक्रमण पुष्टि भएको छ भने ३९ हजार ९ सय १९ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३७ हजार ९ सय ६ जना संक्रमित भएका छन् भने २७ हजार १ सय १९ जनाको मृत्यु भएको छ ।

यस्तै इटालीमा २ लाख ३१ हजार ७ सय ३२ जना संक्रमित हुँदा ३३ हजार १ सय ४२ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ८६ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने २८ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतमा १ लाख ६५ हजार ३ सय ८६ जना संक्रमित भएका छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ । नेपालमा भने हालसम्म १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ जनाको मृत्यु भएको छ ।

(Copied from Nepal Samaya)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope