ज्यान गुमाउने अघि, रिपोर्ट आउने पछि


नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । कोरोनाको लक्षण देखिएर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा अन्त्येष्टि गरेको ४ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा उनको बाटोमा नै मृत्यु भएको थियो । भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो।

लखनउबाट बसमा आउँदा आफूलाई छटपटी भएको बताएका उनलाई छाती दुख्ने र बान्ता हुने भएपछि बसमै मृत्यु भएको थियो। भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परिक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर कपिल गौतमले जानकारी दिए।

उनको लाशलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो। लाशसँगै आएका दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर गौतमले जानकारी दिए। उनीहरूसँगै अर्घाखाँचीका ८० जनाको समूहमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।

भुमिकास्थान–९ का वडाध्यक्ष नारायणप्रसाद खनालले आज कोरोना संक्रमण पुष्टि भएका युवाको लाश भने ४ दिन अघि नै अन्त्येष्टि गरिसकेको छ। ‘हामीले परिवारसँग सल्लाह गरेर सुरक्षाका मापदण्ड अपनाएर उनको लाश चार दिनअघि नै अन्त्यष्टि गरिसकेका थियौं, रिपोर्ट आज आएको हो,’ उनले भने। अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेमध्ये पाँच जनाको मृत्युपछिमात्र कोरोना संक्रमण पुष्टि भएको हो।

(Copied from janaboli)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope