ट्रम्पले जारी गरे यस्तो कार्यकारी आदेश


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरसँगको व्यक्तिगत तनावलाई आफ्नो शक्तिसँग जोडेर आक्रामक आदेशमा हस्ताक्षेर गरेका छन् ।

ट्वीटरले आफ्ना केही ट्वीटमा तथ्य जाँच राखेपछि ट्रम्प रुष्ट भएका हुन् । उनले सामाजिक सञ्जालले पाउँदै आएका केही कानूनी सुरक्षा हटाउने सम्बन्धी कार्यकारी आदेश जारी गरेका हुन् ।

आफ्नो ट्वीटमा तथ्य जाँच राखेपछि सामाजिक सञ्जाल नै बन्द गर्ने चेतावनी दिएका ट्रम्पले तत्काललाई उनीहरुले पाउँदै आएको केही कानूनी अधिकार कटौती गरेका हुन् ।

ट्रम्पले कार्यकारी आदेश जारी गरेसँग अब नियामक निकायले फेसबुक तथा ट्वीटरसहितका सामाजिक सञ्जालमा पोस्ट भएका सामग्रीप्रति उनीहरुले गर्ने व्यवहारविरुद्ध कानूनी उपचार खोज्न पाउने छन् ।

कार्यकारी आदेश जारी गर्ने क्रममा ट्रम्पले सामाजिक सञ्जालसँग हाल बिना नियमन असीमित शक्ति रहेको बताएका थिए ।

ट्रम्पले जारी गरेको आदेशविरुद्ध अदालतमा उजुरी पर्ने सम्भावना छ ।

समालोचक तथा कानूनका विज्ञहरुले सामाजिक सञ्जालहरुको सुरक्षाका लागि रहँदै आएको वर्तमान कानूनी व्यवस्था परिवर्तनका लागि अमेरिकी संसद वा अदालती प्रणालीको सहभागिता अनिवार्य रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमाथि कन्जरभेटिभ आवाजहरुमाथि बन्देज लगाएको वा सेन्सर गरेको अभियोग लगाउँदै आएका छन् । वाक स्वतन्त्रताको उल्लंघन भएको अभियोग उनको छ ।

मंगलबार साँझ उनको एक ट्वीटमा ट्वीटरले तथ्य जाँच सम्बन्धी नोटिफिकेशन राखेपछि बुधबार ट्रम्पले ट्वीट गरेर ठूलो कदम चाल्ने चेतावनी दिएका थिए । त्यसअघि उनले ट्वीटरले चुनावमा दखल दिन चाहेको आरोप लगाएका थिए ।

ट्रम्पले कम्युनिकेशन डिसेन्सी सम्बन्धी कानूनलाई स्पष्ट पार्नका लागि भन्दै कार्यकारी आदेश जारी गरेका हुन् । सो कानूनले फेसबुक, ट्वीटर, युट्यूबसहितका सामाजिक सञ्जाललाई केही अवस्थामा कानूनी सुरक्षा प्रदान गर्दै आएको छ ।

सो कानूनको धारा २३० अनुसार आफ्ना प्रयोगकर्ताबाट पोस्ट भएका सामग्रीका लागि सामाजिक सञ्जालहरु जिम्मेवार हुँदैनन् । तर सामाजिक हितका लागि ती सामग्रीलाई हटाउने वा चेतावनी राख्नेसहितका काम भर्ने गर्न पाउँछन् ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा सामाजिक सञ्जालले प्रयोगकर्ताबाट पोस्ट भएका सामग्री सम्पादन गरेमा धारा २३० अन्तर्गतको नियम लागु नहुने उल्लेख छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope