१५ जेठ, वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे ।

सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी- ४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका २७, ५०, ४०, २०, २९, २२, १८, ४०, २०, ४८, १८, ५७, ४२ वर्षीय पुरुष, २९ र १४ वर्षीया महिला, ४ वर्षीया बालिकामा र पुरुषको नाम भएका तर फर्ममा महिला लेखिएको एकजनामा संक्रमण पुष्टि भएको छ ।
धनुषाको स्वास्थ्य कार्यालयका ३१ र ७० वर्षका दुईजनासँगै जलेश्वरका ४३, ५२, २२, २१, १८ वर्षीय पुरुषहरु र उमेर नखुलेको एकजना, महोत्तरीको जलेश्वरस्थित क्वारेन्टाइनमा रहेका ४५, १५, २१, ४५, २०, २२, १९, २०, ३२, २१, २६, २१ वर्षका पुरुषहरु, जलेश्वर पिपिएचएलका २२ वर्षकी महिलासहित १९, ३७, २१, ३१, २५ र २८ वर्षका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबसाईन ३० वर्ष, ४२ वर्ष, २१ वर्ष, ३० वर्ष, ३३ वर्ष, २९ वर्ष, १८ वर्ष, ३७ वर्ष, ३० वर्ष, १९ वर्ष, २७ वर्ष र ३७ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । सप्तरीबाटै स्वाब संकलन भएकोमा पछिल्लो ३७ वर्षीय पुरुषको ठेगाना फर्ममा क्लियर नरहेको प्रयोगशालाले जनाएको छ ।
सिराहाको एल पथरीका १८ वर्षीय, बरियारपट्टीका २५, १८, ४०, २५ वर्षीय पुरुष र एकजना उमेर नखुलेका व्यक्ति संक्रमित रहेको राष्ट्रिय प्रयोगशालाले जानकारी दिएको छ ।
त्यसैगरी सप्तरीको बोदेबासाईनका ४७ वर्षीय र विष्णुपुरका ३२ वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
बिहीबार बिहान मात्रै स्याङ्जामा ३ जना र नवलपुरका एकजनामा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । जसमध्ये १८३ जना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
बुधबार मात्रै एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक जनाको मृत्यु भएको थियो ।
(Copied from Online Khabar)
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com