एमसीसी पास गराउने तयारी


सरकारले संसदमा विचाराधीन अवस्थामा रहेको एमसीसी पारित गराउने तयारी गरेको छ । त्यसका लागि छलफल गर्न शनिबार (आज) बिहान ९ बजे नेकपा सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) परियोजनाबारे विवाद उत्पन्न भएपछि नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्व, भीम रावल  र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन–सुझाव कार्यदल बनाएको थियो ।

केन्द्रीय कमिटीले दिएको म्यान्डेट अनुरूप कार्यदलले फागुन दोस्रो साता नै प्रतिवेदन तयार पारेर बुझाइ सकेको थियो । सचिवालय  र स्थायी कमिटीमा छलफल हुनुपर्ने भन्दै कार्यदलले प्रतिवेदन सार्वजनिक समेत गरिसकेको छ । 

कार्यदलले एमसीसीका धेरै प्रावधान नेपालको हितमा नरहेको निरक्यौल गरेको छ । त्यस्तै कार्यदलले एमसीसी परियोजना अमेरिकी सरकारको हिन्द–प्रशान्त क्षेत्रीय रणनीति र प्रकारान्तरले सैन्य गठबन्धनसँग नैसम्बन्धित भएको निष्कर्ष निकालेको छ  । पार्टीका वरिष्ठ नेता खनालले एमसीसीसँग सम्बन्धित नै रहेर विभिन्न गोप्य र असमान सम्झौता समेत गरिएको भन्दै संशोधन नगरी पारित गर्न नसकिने बताउँदै आएका छन् । संशोधन गर्न ३०–३२ बुँदे सुझाव पेश गरेका छन् ।

एमसीसी पारित गर्न हुने र नहुनेमा कार्यदलमा पनि मत विभाजनको अवस्था थियो । खनाल र रावल हिन्द–प्रशान्त रणनीतिकै हिस्सा भएको बताउँदै यसबारे प्रष्ट हुनुपर्ने अडानमा रहेपछि ज्ञवालीले यसबारे फरक मत राखेका छन् । उनको फरक मत नोट अफ् डिसेन्टका रूपमा प्रतिवेदनमै दर्ज छ । उनले हिन्द–प्रशान्त रणनीतिको अङ्ग नभएको बताएका छन् ।

आज त्यसबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । “एमसीसीबारे छलफल गर्न नै आजको बैठक बोलाइएको हो । त्यसमै छलफल केन्द्रित हुनेछ,” उनले बाह्रखरीसँग भने ।

प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएअनुसार आज बस्ने सचिवालय बैठकले एमसीसी परियोजना पारित गर्नुपर्ने निष्कर्ष निकाल्नेछ ।

“एमसीसी पास हुन्छ । आजको बैठकले त्यही निचोड दिन्छ । चित्त नबुझ्नेले नोट अफ् डिसेन्ट लेख्छन्,” बालुवाटार निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

स्रोतका अनुसार एमसीसीमा झलनाथ खनालबाहेक अरू नेता तुलनात्मक नरम छन् । यही विषयमा हिजो प्रधानमन्त्री केपी ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भएको थियो । प्रचण्डसँगको कुराकानीपछि बालुवाटार पारित हुने निष्कर्षमा पुगेको हो ।

(Copied from 12Kharai)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope