कोरोना संक्रमणमुक्त देशहरु यी हुन्

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस केही सातापछि कोभिड-१९ का रुपमा विश्वव्यापी महामारी बनेको थियो ।
श्वासप्रश्वासको समस्या गराउने यो भाइरस र्याल तथा हाँछ्यु गर्दा निस्किने ड्रपलेटका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । यो भाइरसको संक्रमण विश्वभरका करिब २०० भन्दा बढी मुलुकमा फैलिसकेको थियो । विश्वभरका वैज्ञानिक, स्वास्थ्य अधिकारी र सरकारहरुले आ-आफ्ना नागरिकलाई भौतिक दूरी कायम गर्न र अनावश्यक घरबाहिर ननिस्किन सुझाव दिँदै आएका छन् ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर ५९ लाख मानिसहरु संक्रमित भएका छन् भने जसमध्ये तीन लाख ६२ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण भएका करिब दुई लाख ५९ हजार मानिसको उपचारपछि निको भएको छ । तर, हालसम्म केही मुलुकमा अहिलेसम्म कोरोना संक्रमण नदेखिएको अलजजिराले समाचारमा जनाएको छ ।
कोरोना संक्रमणमुक्त मुलुकहरु :
किरिबाटी
मार्सल आइल्यान्ड
माइक्रोनेसिया
नाउरु
उत्तर कोरिया
पालाउ
सामोआ
सोलोमन आइल्यान्ड
तोङ्गा
तुर्केमेनिस्तान
तुभालु
भानाउटु
(Copied from 12Khari)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस