मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने


आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेकाले आज पनि वर्षाको सम्भावना रहेको हो । 

आज दिउँसो र र राती देशभर सामान्य बदली रहेर केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  

महाशाखाद्वारा जारी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आइतबार पनि देशभर मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको  सम्भावना रहेको छ ।

सोमबार देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहेर बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ । पूर्वी भूभागहरु लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

(Copied from Shilapatra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope