लकडाउनेले तपाइको स्वास्थ्यमा यो काम गर्दैछ


पछिल्लो करिब अढाई महिनादेखि विश्वको कुल जनसंख्याको ठूलो हिस्सा घरभित्रै कैद छ।

लकडाउनका कारण मानिसहरु जरुरी अवस्थामा बाहेक घरबाहिर निस्किरहेका छैनन्। कोभिड– १९ को संक्रमण फैलिन नदिन पनि यो आवश्यक छ।

तर, घरमा बसिरहनुका केही यस्ता दुष्प्रभाव छन्, जसले हामीलाई कोरोना भाइरससँग लड्नबाट कमजोर बनाइरहेको हुनसक्छ।

ब्याक्टेरिया र भाइरस

हाम्रो शरीरभित्र रहेको ‘सिर्केडियन क्लक’ अर्थात जैविक घडी सूर्यको उज्यालो र रातिको अँध्यारोबीच तालमेल बनाएर चल्छ।

सूर्य किरणबाट हामीले भिटामिन डी प्राप्त गर्छौं। यो भिटामिनले हाम्रो दाँत र हड्डीलाई बलियो बनाउँछ। रोगसँग लड्ने फोक्सोको क्षमतालाई पनि भिटामिन डिले बलियो बनाउँछ।

कुनै संक्रमण भयो भने फोक्सोको भित्री भागको मथिल्लो तहबाट निस्कने पेप्टाइडले ब्याक्टेरिया र भाइरस नष्ट गर्छ।

यो पेप्टाइडलाई क्याथेलिसिडिन भनिन्छ, जसले हाम्रो शरीरको बी र टी इम्यून सेललाई पनि बलियो बनाउँछ।

शरीरमा भिटामिन डीको कमी भयो भने सास नलीमा भाइरसको संक्रमणको जोखिम बढी हुन्छ।

तस्बिर: दिनेश श्रेष्ठ

भिटामिन डीको कमी

वैज्ञानिकहरु भिटामिन डी सप्लिमेन्ट लिंदा कोरोना भाइरसको संंक्रमणसँग लड्न मद्दत पुग्छ कि पुग्दैन भनेर अनुसन्धान गरिरहेका छन्।

आयरल्याण्डको डब्लिनस्थित ट्रिनिटी कलेजका अनुसन्धानकर्ता रोज केनीले गरेको अनुसन्धान अनुसार इटली र स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुमा भिटामिन डीको ठूलो कमी पाइएको छ।

यि देशहरुमा मानिसहरु धेरै जसो घरभित्रै बस्छन्, बाहिर निस्कँदा सनस्क्रिन लगाउँछन्। त्यसै कारण उनीहरुको शरीरले सूर्य किरणबाट प्राप्त हुने भिटामिन डी पाउँदैन।

भिटामिन डी सप्लिमेन्ट लिनुभन्दा सूर्यको किरणबाट प्राप्त गर्नु राम्रो हुने चिकित्सकहरु बताउँछन्। यसले गर्दा इन्फ्लूएन्जा वा अन्य भाइरसको संक्रमणबाट बच्न सहयोग पुग्छ।

रोग प्रतिरोधि क्षमता

लकडाउनका कारण मानिसहरु घर बाहिर ननिस्कँदा व्यायाममा पनि कमी आएको छ। जबकि व्यायामले तनाव कम गर्नमा धेरै सहयोग पुर्‍याउँछ। तनाव कम हुँदा हाम्रो रोग प्रतिरोधि क्षमताले बढी काम गर्छ।

यदि तपाईं पार्क, बगैंचा वा हरियालीयुक्त क्षेत्रमा कसरत गर्नुहुन्छ भने, प्रकृतिको नजिक भएपछि उच्च रक्तचाप र मुटुको रोगबाट बच्न सक्नुहुन्छ। यसबाट मधुमेह नियन्त्रणमा पनि सहयोग पुग्छ।

बाहिर घुमफिर गर्दा एक्लोपन महशुस हुँदैन । यसले मस्तिष्कलाई आराम दिनुका साथै चाँडै निको हुने क्षमता बढाउँछ।

क्यान्सर कोशिका

हरियालीयुक्त रुखले हाम्रो इम्यून सिस्टम (रोग प्रतिरोधक प्रणाली) मा सोझो प्रभाव पार्ने केही अनुसन्धानबाट देखिएको छ।

रुख विरुवाको वरपर धेरै समय विताउँदा हाम्रो शरीरका रोग प्रतिरोधक कोशिकाहरु बढी सक्रिय हुन्छन्। यि कोशिकाले शरीरमा भाइरस र क्यान्सरका कोशिका कहाँ छन् पत्ता लगाएर तीनलाई नष्ट गर्ने प्रयास गर्छन्।

जापानमा भएको एक अध्ययनका अनुसार रुखको वरपर रहँदा शरीरभित्र अक्सिजनका साथै फाइटोनसाइड्स नामको तत्व पनि पुग्छ। यसले हाम्रो इम्यून सिस्टमलाई बलियो बनाउनमा राम्रो योगदान दिन्छ।

तस्बिर: दिनेश श्रेष्ठ

जैवीक घडीको बिग्रँदो लय

बाहिर घुमफिर गर्दा हाम्रो निद्रामा पनि प्रभाव पर्छ । लकडाउनका कारण घरभित्रै रहँदा हाम्रो शरीरको घडीको लय बिग्रनसक्छ। यसले निद्रामा नकारात्मक असर पर्छ। बिहान अबेरसम्म सुत्ने र राति धेरै बेर जागा रहने गर्दा शरीर अस्वस्थ हुनसक्छ।

विहानको हावा र प्रकाशमा समय विताउँदा राति गहिरो निद्रा पर्छ। प्रकाशको हाम्रो इम्यून सिस्टमसँग सोझो सम्बन्ध नभए पनि निद्रासँग भने छ।

आपसी दूरी

बिहान छिटो उठ्ने हो भने राति राम्रो निद्रा पर्छ । राम्रो निद्राले तनाव र डिप्रेशनबाट बचाउँछ। तनाव नहुँदा इम्यून सिस्टमले राम्रोसँग काम गर्न पाउँछ।

त्यसैले विहानको सूर्योदयसँगै बाहिर घुम्दा, सूर्य किरणबाट भिटामिन डी प्राप्त गर्दा रोग प्रतिरोधक क्षमता बलियो हुन्छ।

त्यसैले लकडाउन लम्बिंंदै गर्दा पनि दिनमा कम्तिमा एक पटक केही बेरका लागि घरबाहिर निस्कनु राम्रो हुन्छ।

अन्य व्यक्तिसँग दूरी कायम गर्दै प्रकृतिबाट फाइदा लिने प्रयास गर्नुहोस् । तर, लकडाउनको नियम तपाईंको क्षेत्रमा कसरी लागू गरिएको छ त्यो पनि विचार पुर्‍याउनु होस्।

सूर्यको किरण र प्रकृतिसँगको निकटताले घाउमा मलहम लगाएजस्तै काम गर्छन्। रमाइलो कुरा यो सित्तैंमा पाइन्छ।

लिन्डा गेडिज, बीबीसी फ्यूचरबाट

(copied from Nepal Samaya)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope