कोरोना र लिपुलेखका कारण नाङ्गिएका अमेरिका र भारत


बिपुल नेपाल

कोरोना र लिपुलेखका कारण अमेरिका र भारत अहिले नाङ्गिएका छन ।

अहिले संसारभर रहेका सबै नेपालीहरुको लागि वा भनौ बिस्वकै लागि सबै भन्दा चर्चित बिषय बनेको छ “कोरोना” जसको कारण संसारनै आतंकित छ। अहिले मानिसहरु घरमै नजरबन्दमा छन्, सामाजिक दूरी कायम गर्न बाध्य छन्, घरबाट बाहिर निस्किन छटपटाईरहेका छन्, आफन्त र आफ्ना प्रियलाई भेट्न आतुर छन्। जुन स्वाभाविक हो किनकि मानिस एक सामाजिक प्राणी हो।

चाइना, ईटाली हुँदै अहिले विश्वको सबै भन्दा शक्तिशाली देश अमेरिका यो कोरोना भाईरस महामारीको कारण झन् बढि आतंकित भएको छ। सबै भन्दा बढी कोरोना संक्रमित र मृतक को संख्या अहिले अमेरिकामै छ। अहिलेसम्ममा अमेरिकामा कोभिड १९ का कारण मर्नेहरुको संख्या १ लाख नाघिसकेको छ। त्यसलाई लिएर डब्लु एच ओले अमेरिकालाई कोरोना भाईरस निर्मूल गर्न शिघ्र कुनै कार्यन्वयन नगर्दा यतिका मानिसहरुले मृत्यु वरण गर्नु परेको राय व्यक्त गर्यो। त्यसैलाई लिएर एउटा शक्तिशाली राष्ट्र अमेरिकाले विश्व स्वाथ्य संगठन (WHO) सितको नाता तोड्यो। राष्ट्रपति डोनाल्ड ट्रंपलाई मृत्युले केहि फरक पारेको छैन। उनमा त्यतिनै घमण्ड र धम्म छ। उनका अनुसार केहि भएको छैन। ट्विटर गर्न छोडेका छैनन। रंगभेद त्यतिनै बढेको छ। अहिले अमेरिका नाङ्गिएको छ।

मैले स्कूल पढ्दाको कुरा हो नेपालको ईतिहासको किताबमा उल्लेख गरेको कि कालापानीको नजिकका छेत्रहरु लिपुलेक र लिम्पियाधुरा हुन्। अहिले त्यो अर्को चर्चित बिषय भएको छ हामी नेपालीहरुका लागि। लिपुलेक, बिचरा उसलाई पनि थाहा छैन सायद उ आँफै कसको हुँ भनेर। एकातिरको ठुलो देश भारतले मेरो होस भन्छ, भने अर्कोतिरको सानो देश नेपालले पनि आफ्नै भएको दाबी गर्छ। त्यहाँका जनता आफुलाई नेपाली भन्न पाएकोमा गर्ब गर्छन। तर उनीहरुले पुस्तौ देखि बिदेशीको खटनमा बस्नु परेको छ, उनीहरु भन्छन। जुन पीडाले गर्दा उनीहरु नेपालको नेतृत्वलाई मन पराउँदैनन्, तर पनि आश गरिरहेछन आफुले तिरो तिरेको राष्ट्रको जनता भएर स-सम्मान पहिचान पाईन्छ कि भनेर।

अर्को तर्फ आफुँ विभाजित भएर ३ वटा भिन्न राष्ट्रहरु (भारत, पाकिस्तान र बंगलादेश) बनि सक्दा पनि भारत आफ्नो भूभाग हो लिपुलेख भन्न छोड्दैन। भारतले बर्षौ देखिको बिबादित राज्य काश्मिरलाई आफुँमा समाहित गरि सकेको छ, सायद त्यहि चाहन्छ भारत लिपुलेख पनि आफ्नो बनाउने। उसको लागि एउटा सानो सुन्दर राष्ट्र नेपाल सानो माछा झैँ भएको महसुश गर्छ सायद। नेपालको तिनै तिर वाट बिस्तारै बिस्तारै अतिक्रमण गर्दै अगाडि बढ्न खोज्छ भारत। आशा गरौ यो समस्याको समाधान पनि चाडै हुनेछ।

फेरी कुरा गरौ अमेरिका र भारतको । अमेरिका आँफुलाई बिस्वकै शक्तिशाली राष्ट्र ठान्छ भने, भारत आँफुलाई दक्षिण एसियाको। लाग्छ यी दुवै राष्ट्रलाई आफुँ शक्तिशाली भएकोमा घमण्ड । कोरोना भाईरस महामारीले बिस्व आक्रान्त हुँदापनि अमेरिकाले आफ्नो दम्भ छोडेको छैन। मानिसको ज्यान भन्दा ठुलो उसले आफ्नो अर्ततन्त्रलाई मानेको छ जसको कारण लाखौको ज्यान गईसकेको छ। उता भारत भाइरसको सन्त्रासलाई छोडेर छिमेको राष्ट्रको भूगोलमा आँखा लाउन ब्यस्त छ।

जतिसुकै आँफुलाई प्रजातान्त्रिक मुलक भनेपनि, हिजो ब्रिटिशहरुले साशन गर्दा स्वाधिनताको पक्षमा लडे पनि उनीहरुले त्यो अहिले बिर्सिएका छन्। अझैपनि दुवै राष्ट्रहरुमा जातिबाद देखिन्छ , एउटामा गोरा र काला बीचको र अर्को मा हिन्दु र मुस्लिमको साथै माथिल्लो र तल्लो जाति बीचको। देश ठुलो भूगोल र अर्थतन्त्रले मात्र नहुदोरहेछ। उसले छिमेकी राष्ट्रसंग गर्ने ब्यबहार, आचरण र आफ्नै देशभित्रका जनतालाई कति खुशी राख्न सकेको छ वा समान ब्यबहार गर्न सकेको छ त्यसबाट हुँदोरहेछ।

चीनको युवानबाट सुरु भएको यो कोरोना भाईरस अहिलेसम्म एक अदृश्य शक्ति वा भनौं अहिलेको समयमा मानव जातिको सबै भन्दा ठुलो शत्रु भएर बसेको छ। यो शत्रु हामीले पुराण, रामायण र महाभारतमा पढेको राक्षस जस्तै वा भनौ त्यो भन्दा डरलाग्दो छ। यस भाईरसले पल-पलमा कुनै न कुनै जीवनलाई मृत्युको मुखमा पुर्याईरहेको छ, जसलाई निर्मूल पार्न सायद कलियुग थिएन भने बिष्णुले कुनै अवतार लिएर आउँथे होलान।

सायद कलियुग भएर त्यो पनि सम्भब देखिदैन। अहिले बिश्वका ठुल्ठुला औषधि कम्पनीहरु यो शत्रुलाई निर्मुल पार्न लागि परेका छन्। औषधिको परिक्षण गरिरहेका छन् तर अहिलेसम्म कुनै परिणाम प्राप्त भएको छैन। आशा गरौ सायद चाडै नै त्यो स्वर्णिम दिन आउने छ र यो त्रास, भय र नजरबन्दका दिनहरु हराएर जानेछन। जुन दिन यो कोरोना भाईरस नामक अदृस्य दुश्मनको औषधि फेला पर्नेछ , त्यो दिन लाग्छ बिश्वका सबै मानव जातिले आँफुलाई नजरबन्दबाट बाहिर निस्केको अनुभूति गर्न सक्ने छन्।

लेखक परिचय: बिपुल नेपाल कहिलेकाहीं कलम चलाउन मन पराउछन। उनि अमेरिकाको न्यु ह्याम्प्सायर राज्यमा बस्छन।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope