ओ माई गड फेरी लकडाउन !


यो लकडाउनले मान्छे बचाउने भन्दा बढी मार्ने देखिन्छ। यसले आर्थिक, मानसिक र मनोबैज्ञानिक असर त्यतिकै पारेको छ।

गरिबीको रेखामुनि रहेका ६० लाख अर्थात झन्डै २२ प्रतिशत नेपालीहरु लकडाउनको कारण झन् प्रभावित हुनको साथै अझ गरिबी र असमानताको खाडलमा धकेलिने झन् निश्चित छ। त्यसैगरी प्रति व्यक्ति आय धरासायी भएको छ। लकडाउनका कारण गरिब, अल्पसंख्यक, असहाय, हरेक दिन ज्याला गरेर खानेहरु अत्यन्तै मारमा परेका छन्। ९० प्रतिशत भन्दा बढि आर्थिक कारोबार प्राय ठप्प भएको छ। कृषि, पर्यटन तथा औधोगिक ब्याबसायहरु रोकिएका छन्। पैसा बजारमा चल्न पाएको छैन। बिदेशबाट भित्रिने रेमिट्यान्स घटेको छ।

जागिर हराउँदा, घरमै बसिरहनु पर्दा, बाहिर हिडडुल गर्न नपाउँदा चिन्ताले मानिसलाई खाईरहेको छ। तनाब बढेको छ। डिप्रेसनका बिरामी बढेका छन्। आत्महत्याको संख्या बढेको छ। विभिन्न पत्र-पत्रिकाहरुका अनुसार लकडाउन भएको पहिलो महिनामै आत्महत्या गर्नेको संख्या ४८७ भयो त्यो अघिल्लो महिना भन्दा २० प्रतिशतले बढि थियो । विभिन्न एजेन्सी रिपोर्टका अनुसार अहिलेसम्ममा आत्महत्या गर्नेहरुको संख्या ८७५ पुगिसकेको छ। त्यसमा झुण्डीएर मर्नेहरुमा ७४२ र बिष खाएर मर्नेमा ११४ छ। काठमाण्डौ उपत्यकामा मात्रै आत्महत्या गर्नेहरुको संख्या ३८ पुगेको छ |

स्वास्थ्य खबर पत्रिकाले लेख्छ लकडाउनका कारण घरेलु हिँसा र बलात्कारका घट्ना पनि त्यतिकै बढेका छन्। जसको मानसिक र मनोबैज्ञानिक असर लामो समय सम्म पर्ने देखिन्छ। यसको असर बच्चाहरुमा त्यतिकै देखिन्छ। घरमै खुम्चिएर बस्नु पर्दा उनीहरुको रचनात्मक र सृजनात्मक क्षमतामा ह्रास आउने र सुस्त हुँदै जानेछ। त्यसैगरी दुख, पिर र चिन्ता भुलाउन रक्सि सेवन गर्नेहरुको संख्या बढिरहेको छ। त्यसले उनीहरुको मानसिकतामा असर पारिरहेको छ। घरमै बसिरहनु पर्दा मानसिक सन्तुलन गुमाउने सम्भाबना त्यतिकै छ। मानसिक तनाबका बिमारलाई लिएर अस्पतालमा सम्पर्क गर्नेको संख्या लकडाउन भए देखि यता बढेको छ। टिचिङ्ग अस्पतालका अनुसार लकडाउन भए देखि यता निन्द्रा गुमाएका, डिप्रेसनका बिरामीहरुको संख्या बढेको छ। खासगरी बाईपोलर डिसर्डर, साईकोसिस, एङ्क्जाईटि तथा डिप्रेसन बढेको र सल्लाहमा एण्टिसाईकोसिस, बेन्जोडियाजेपिन्स तथा एन्टीडिप्रेसनका दबाईहरु दिएको बताइएको छ।

नेपाली टाईम्सले गरेको अध्यन अनुसार लकडाउन देखि यता मनोबैज्ञानिक असरबाट पिडित डिप्रेसनका बिरामीहरुको संख्या बढेको छ। मानसिक रोगका कारण पाटन अस्पतालमा भर्ना हुनेको संख्या पनि पहिलाको भन्दा बढेको छ।

हिमालयन टाईम्स लेख्छ लकडाउनका कारण बच्चाहरु घरमै बस्नु पर्ने बाध्यता हुने र समय कटाउन मोबाईल टेलिभिजन आईप्याड जस्ता साधनहरुको अधिकतम प्रयोग हुनाले उनीहरुको मानसिक सन्तुलन बिग्रिनसक्ने र अरु तनाब र डिप्रेसनको रोगि हुन सक्नेछन् । बच्चाहरु स्कुल जाने, खेल्ने , साथिभाइहरुसंग रमाइलो गर्ने अवसरबाट बन्चित छन्।

यदी सरकारले लकडाउन थप्दै मात्रै जाने हो र यसको सहि सम्बोधन कसरि गर्ने भन्ने तिर नलाग्ने हो भने यसको असर दिर्घकालिन र अपुरणिय देखिन्छ

तुलसी आचार्यले तयार पारेको यो रिपोर्ट, विभिन्न अनलाईन सामाग्रीहरु बाट


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope