चीनले बनाइरहेको कोभिड–१९ खोप यहि वर्षको अन्त्यसम्ममा तयार हुने


चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको एक खोप यो वर्षको अन्त्यसम्ममा तयार हुन सक्ने चीन सरकारले बताएको छ ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका वैज्ञानिकहरु लागि परेका छन् । खोपलाई कोरोना भाइरसविरुद्धको एक मात्र प्रभावकारी विकल्पका रुपमा लिइएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वभर ६० लाख ५७ हजार मानिस संक्रमित भएका छन् । त्यसमध्ये तीन लाख ६९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

चीनका सरकारको सम्बन्ध पाएका दुई कम्पनी मिलेर बनाइरहेको एक खोप सन् २०२० को अन्त्यसम्ममा तयार हुन सक्ने बताइएको हो । बढीमा सन् २०२१ को सुरुमा सो खोप प्रयोगमा आउन सक्ने जनाइएको छ ।

चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत खोप बारे जानकारी दिएको हो ।

वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर खोप बनाइरहेका हुन् ।

अहिले सो खोपको दोस्रो चरणको परीक्षण भएको छ । त्यसका लागि दुई हजार भन्दा बढी मानिसलाई सो खोप दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज खोप उत्पादन गर्न सक्ने छ ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope