कोरोना भाईरसले लियो फेरि अर्को ज्यान


सुदूरपश्चिममा पहिलो पटक कोरोना भाईरसबाट एक बालिकाको मृत्यु भएको छ।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु भएको हो। भारतबाट फर्किएर जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएकी बालिकामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक प्रयोगशालमा परीक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ।

यस्तै  मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना देखिएको छ। संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ। बुवाको रिर्पोट भने नेगेटिभ आएको छ। 
मृतक बालिका, आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो। तिनै जनाको स्वाब धनगढी पठाइएको थिया।

८ दिन अगाडी उनको परिवार भारत बाट आएका थिए। भारतबाट आएपछि सबैलाई  बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

साभार: दिनेश खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope