ट्रम्पले सेना परिचालन गर्ने


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि हालतमा हाल भइरहेको प्रदर्शन र प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको प्रचण्ड विनाश रोक्ने बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले प्रदर्शन रोक्नका लागि संघीय तहमा उपलब्ध सबै स्रोत परिचालन गर्ने बताएका हुन् । उनले सेना परिचालन गर्ने समेत बताएका छन् ।

उनले भनेका छनन्, ‘हामीले दंगा तथा कानून बिहीनता अन्त्य गर्दैछौँ, जुन देशभर फैलिएको छ।’

उनले अघि भने, ‘क्रुरताका कारण भएको जर्ज फ्लोइडको मृत्युबाट सबै अमेरिकी स्तब्ध भएका छन् र त्यसका कारण आक्रोश पनि पैदा भएको छ । तर उनको मृत्यु व्यर्थ भएन होला ।’

फ्लोइडको सम्झना आक्रोशित भिडले गर्ने दंगाबाट हुन नसक्ने उनले बताएका छन् । गएको मे २५ मा निहत्था अश्वेत व्यक्ति फ्लोइडको मिनेशोटा राज्यको मिनियापोलस प्रहरी हिरासतमा निधन भएको थियो । उनलाई पक्राउ गर्ने क्रममा श्वेत प्रहरी अधिकारीले घुँडाले घाँटीमा लामो समय थिचेको भिडियो भाइरल भएको थियो ।

ट्रम्पले अमेरिकीलाई सम्बोधन गर्दै भने, ‘म तपाईँहरुको राष्ट्रपति हुँ, कानूनी राज्य स्थापना गर्नु मेरो जिम्मेवारी हो । म शान्तिपूर्ण प्रदर्शनको पक्षधर पनि हुँ ।’

उनले भने, ‘तर पछिल्ला दिनहरुमा हाम्रो देशलाई अराजकतावादी, हिंस्रक भिड, लुटपाट, आगजनी गर्नेहरु, अपराधीसहितले जकडेका छन् । राज्य तथा स्थानीय सरकारले यसलाई नियन्त्रणमा लिन सकेनन् । त्यसैले संघीय प्रयास हुने छ ।’

यसअघि उनले गभर्नरहरुसँग टेलिफोन वार्ता गरी पछिल्ला दिनमा भइरहेका प्रदर्शनमा उनीहरुको प्रतिक्रियालाई देखेर विश्व हाँसिरहेको भन्दै जागरुक हुन भनेका थिए ।

वासिङ्गटन डिसी सहितका क्षेत्रमा प्रदर्शन भएका भइरहेका छन् । कर्फ्यू लगाए पनि प्रदर्शनकारीले तोडेका छन् । अब कर्फ्यू थप कडा बनाइने उनले बताए । नियम तोड्नेहरुलाई पक्राउ गरिने उनले बताएका छन् । उनीहरुलाई कानून अनुसार कारवाही गरिने चेतावनी ट्रम्पले दिएका छन् ।

उनले भइरहेका प्रदर्शनलाई ‘आतंक’ को शंज्ञा दिँदै संलग्नहरुलाई आपराधिक सजाय हुने र लामो समय जेलमा राखिने बताए ।

प्रदर्शन नियन्त्रणमा लिनका लागि गोलिगट्ठाले सुसज्जित हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope