प्रहरीको गोलीले मारिए ७ हजारभन्दा बढी अश्वेत


अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ ।

मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन व्हाइट हाउसमा समेत पुगेको छ । यद्यपि अश्वेतमाथि हुने बर्बरताविरुद्ध अमेरिकीले प्रदर्शन गरेको यो पहिलो घटना होइन ।

अमेरिकी प्रहरीले अफ्रिकी अमेरिकीमाथि देखाउने यस्तो हिंस्रक व्यवहारको इतिहास लामो छ । प्रहरी हिंसाको रेकर्ड राख्ने संगठन ‘म्यापिङ पुलिस भायलेन्स’ का अनुसार सन् २०१३ देखि २०१९ सम्म मात्रै प्रहरी कारबाहीमा ७ हजार ६६६ जना अश्वेत मानिसको मृत्यु भइसकेको छ ।

यो आश्चर्यलाग्दा तथ्यांक हो । अमेरिकामा करिब १३ प्रतिशत जनसंख्या अफ्रिकी मूलका अमेरिकीहरुको रहेको छ । तर प्रहरी हमला उनीहरुमाथि धेरै हुने गरेको छ । तथ्यांकअनुसार श्वेत अमेरिकीको तुलनामा साढे २ गुणा बढी अश्वेतको अमेरिकी प्रहरीको गोलीबाट मृत्यु भएको छ । 

‘म्यापिङ पुलिस भायलेन्स’ का अनुसार यी वर्षहरुमा हरेक महिना प्रहरीको गोलीबाट अश्वेतले ज्यान गुमाउने गरेका छजन् । औसतमा २७ दिनमा कुनै न कुनै अश्वेतको प्रहरीको गोलीबाट मृत्यु हुने गर्छ । डिसेम्बर २०१९ मा एक दिनमा ९ जनासम्म अश्वेतको मृत्यु भएको थियो । 

(Copied from ShilaPatra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope