फेरी थपिए कोरोना संक्रमित

१९ जेष्ठ २०७७, सोमबार ००:४९

नेपालमा फेरी कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । भर्खरै प्राप्त जानकारी अनुसार कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

यो सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित थपिएका थिए । योसहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय १० पुगेको छ ।

(Copied from janaboli)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.