लोकसेवा आयोगले जारी गर्यो यस्तो महत्वपुर्ण जानकारी

लोकसेवा आयोगले परीक्षार्थीहरुका लागि अत्यन्तै महत्वपुर्ण जानकारी प्रकाशित गरेको छ । कोरोना संक्रमण जोखिमका कारण पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरेको लोकसेवा आयोगले पुनः परीक्षा लिने प्रक्रिया थालेको जानकारी दिएको छ । आयोगको सोमबार बसेको बैठकले सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरेको हो ।

सहसचिवको अन्तरवार्ताबाहेकका परीक्षाहरु भने यसअघि नै सम्पन्न भइसकेको थियो । प्रशासन सेवाको आन्तरिक प्रतिस्पर्धातर्फ असार २ गतेदेखि १२ गतेसम्म अन्तरवार्ता हुने छ । यसैगरी नेपाल लेखापरीक्षणतर्फ आन्तरिक प्रतिस्पर्धातर्फको अन्तरवार्ता असार १४ गते निर्धारण गरिएको छ ।
नेपाल प्रशासन सेवातर्फ खुला तथा समावेशीको द्वितीय चरणको मामिला प्रस्तुतीकरण कार्यक्रम असार १५, १६ र १७ गते हुने छ। यस्तै अन्तरवार्ता कार्यक्रम भने असार १८ देखि २६ गते निर्धारण गरिएको लोक सेवा आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिनुभयो । असार २८ गते भने आन्तरिक प्रतिस्पर्धातर्फ इन्जिनियरिङ सेवा सिभिल, जनरलको अन्तरवार्ता कार्यक्रम राखिएको छ ।
(Copied from Janaboli)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस