कर्फ्यू तोडेर अमेरिकाका विभिन्न सहरमा प्रदर्शन जारी


संयुक्त राज्य अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लाइडको हत्या प्रकरणलाई लिएर प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रणका लागि विभिन्न सहरमा कर्फ्यू लगाइए पनि कर्फ्यू तोडेर प्रदर्शन भइहेको छ । 

मिनेशोटाको मिनियापोलसमा गत २५ मे मा प्रहरी हिरासतमै निहत्था अश्वेत नागरिक जर्ज फ्लोइडको निधन भएपछि प्रहरी ज्यादती र रंगभेदको विरोधमा प्रदर्शन भइरहेको छ ।

फ्लोइडलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको घाँटीमा ८ मिनेटभन्दा लामो समय घुँडाले थिचेका कारण उनको मृत्यु भएपछि आक्रोश बढेको हो । 

सोही कारण उनको कार्डिक अरेस्ट भएको र मृत्यु ‘मानव हत्या’ रहेको आधिकारिक पोष्टमार्टम रिपोर्ट सार्वजनिक भइसकेको छ । 

फ्लोइडको हत्याको विरोधमा अमेरिकाका अधिकांश सहर तथा अमेरिका बाहिर समेत पनि प्रदर्शन भइरहेको छ । 

प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि धेरै शहरमा कर्फ्यू लगाइएपनि कर्फ्यू  तोडेर प्रदर्शन भइरहेको छ । 

सोमबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आन्दोलन दबाउनका लागि सेना परिचालन गर्ने चेतावनी दिएका थिए । ट्रम्पको यो निर्णयको समेत आलोचना भइरहेको छ । 

(Copied from Shila Patra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope