Advertisements

कोरोनाभाइरसलाई नियन्त्रण र रोकथाम गर्नको लागि ‘संसारकै सबैभन्दा ठूलो लकडाउन’ भारतमा लगाइएको छ । तर लकडाउनले त्यहाँ भाइरसको संक्रमण फैलिन र त्यसबाट मानिसहरु मर्न रोक्न सकेको छैन । उल्टो लडकडाउनले जनजीवन कष्टकर बनेको, विशेषतः खटिखाने वर्गका लागि लकडाउन कहर बनेको आवाज उठ्न थालेको छ । यसै सन्दर्भमा भारतका जनस्वास्थ्य्यविद्हरुले हालसालै लकडाउन अप्रभावकारी बनेको र सरकारले अपनाएका नीति नियमहरुमा परिवर्तन ल्याउनुपर्ने अन्यथा ‘नसोचेको मानवीय क्षति र भयावह अवस्था आउन सक्ने’ चेतावनी दिँदै भारतीय प्रधानमन्त्री मोदीलाई लेखेको चिठ्ठीले भारतमा ठूलो तरंग ल्याएको छ । त्यसै सिलसिलामा उनीहरुले कोरोना नियन्त्रण र रोकथामका लागि अपनाउनुपर्ने ११ बुँदै उपायहरु पनि त्यहाँको सरकारलाई सुझाव दिएका छन् ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपालले अपनाएको उपाय र विधिहरु भारतको भन्दा खासै फरक छैन । अझ कतिपय आलोचकहरु त यस सन्दर्भमा नेपालले अपनाएका नीति र उपायहरु ठ्याक्कै भारतको नीति–निर्णयहरुको नक्कल र त्यहाँ जे गरिन्छ, त्यसैको सिको र अन्धानुकरण यहाँ पनि गरिने गरेको आरोप समेत लगाउने गरेका छन् ।

यस पृष्ठभूमिमा, भारतीय विज्ञहरुले उठाएका प्रश्नहरु, दिएका सुझावहरु नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक, मननीय र सिक्नलायक पाठ हुन सक्छ  ।

भारतीय जनस्वास्थ्य्यविद्हरुले ‘‘कोरोनाभाइरस रोकथाम एवं नियन्त्रणका लागि भारत सरकारले अंगीकार गरेको अनिश्चितकालीन लकडाउनको नीति ‘प्रत्युत्पादक’ हुने र त्यसले ‘कोरोनाबाट बचाइएकोभन्दा ठूलो संख्यामा मानिसहरुको हताहती हुन सक्ने’’ चेतावनी दिएका छन् ।

‘लकडाउनका कठोर नियमहरुको आलोचना गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको एक संयुक्त पत्रमा’ उनीहरुले उक्त चेतावनी दिएका हुन् ।

ती जनस्वास्थ्यविद्हरुले पत्रमा लकडाउनलाई क्रूर बताउँदै लकडाउनको कठोर सख्ती, नीतिहरुमा समन्वयको कमीको मूल्य अब भारतले चुकाउनु परिरहेको बताएका छन् । पत्रमा उनीहरुले ‘अव कोरोनाभाइरसमाथि काबू पाउन सकिन्छ भनेर सोच्नु वास्तविकताभन्दा पर हुनेछ, किनभने भारतमा कैयौं क्लस्टरहरुमा कम्युनिटी ट्रान्समिसन पूरै हुन लागिरहेको छ’ भनी उल्लेख गरेका छन् ।

महामारीको शुरुवातमा, जब संक्रमणको गति कम थियो, मजदुरहरुलाई घर जाने अनुमति दिइएको भए अहिलेको अवस्थाबाट बच्न सकिने थियो भनेी उनीहरुले सरकारले लिएको नीतिको आलोचना पनि गरेका छन् । उनीहरुले लेखेको पत्रमा शहरबाट फर्किरहेका मजदूरहरुले अब देशको कुनाकुनामा संक्रमण लगिरहेकोले स्वास्थ व्यवस्थाको समुचित प्रबन्ध नभएका ग्रामीण इलाकाहरु प्रभावित हुने बताएका छन् ।  पत्रमा भनिएको छ : भारत सरकारले शुरुवातमै संक्रमण विशेषज्ञहरुको सल्लाह लिएको भए कोरोनामाथि ज्यादा प्रभावी तरिकाले काबू पाउन सकिन्थियो ।

त्यसरी प्रधानमन्त्रीलाई आलाेचनात्मक पत्र लेख्ने विज्ञहरुमा कोरोना संक्रमण रोकथामका लागि भारत सरकारलाई सुझाव दिन गठित नेशनल टास्क फोर्समा सहभागी विशेषज्ञहरु समेत छन् । उक्त टास्क फाेर्सले समुदाय स्तरमा फैलिरहेको कोरोना महामारी रोक्नका लागि लकडाउन प्रभावकारी उपाय नरहेको निष्कर्ष निकालेको छ । कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइनको व्यवस्था, सचेतना फैलाउन, नियमित स्वास्थ्य्य सेवा सुचारु गर्न र समग्र स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन सरकारले ध्यान दिनुपर्ने सुझाव टोलीले दिएको छ । समुदाय स्तरमा कोरोना फैलिसकेकाले तत्काल निवारण संभव नहुने उल्लेख गर्दै संयुक्त टोलीले अस्पष्ट लकडाउनको सट्टा दीर्घकालीन योजना निर्माणमा ध्यान दिनुपर्ने जोड दिएको छ ।

टास्क फोर्समा  सहभागी १६ जना विशेषज्ञ चिकित्सकले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको संयुक्त पत्रमा कोरोना संक्रमण रोक्न सरकारलाई ११ बुँदे उपायहरु पनि दिँदै त्यसलाई लागू गर्न सुझाव पनि दिएका छन् ।

महामारी नियन्त्रणका लागि सरकारलाई सुझाव दिन गत महिना  इन्डियन पब्लिक हेल्थ एशोसियसन (आईपिएचए) र इन्डियन एशोसिसन अफ प्रिभेन्टिभ एन्ड मेडिसिन (आईएपिएसएम) ले  जनस्वास्थ्य्य विज्ञहरुलाई समावेश गरेर उक्त टास्क फोर्स गठन गरेको थियो । लगत्तै, त्यसमा इन्डियन एशोसियसन अफ इपिडिमियोलोजिस्ट (आईएई) पनि सहभागी भएको थियो । भारतभरि फैलिइँदै गइरहेको कोरोना नियन्त्रण र रोकथाम गर्ने सन्दर्भमा मुख्यतः चार विषयमा संयुक्त टास्क फोर्सले  ध्यान केन्द्रीत गरेको थियो :

१  केद्रीय, राज्य तथा जिल्ला स्तरमा कोभिड–१९ सँग परामर्श गरेर सम्बन्धित विषयको संग्रह र समीक्षा गर्ने ।

२ कोभिड–१९ महामारी र यसको लहरबारे विज्ञहरुबीच सहकार्य गरेर संयुक्त एक्सन प्लान तयार गर्ने ।

३ जनस्वास्थ्यविद्, स्वास्थ्य संस्था र सम्बन्धित व्यक्ति समक्ष फराकिलो रुपमा संयुक्त विज्ञप्ति तथा कार्ययोजना वितरण गर्ने ।

४ संयुक्त विज्ञप्तिलाई केन्द्र तथा राज्यको माथिल्लो तहमा रहेका नीति–निर्माताको हातमा पुर्‍याउने ।

अध्ययनपछि आफ्ना सुझावहरु समावेश गरेर २५ मेइमा संयुक्त टास्क फोर्सले प्रधानमन्त्री मोदीलाई बुझाएको संयुक्त विज्ञप्ति अहिले भारतमा निकै चर्चामा छ । यस विज्ञप्तिमा आईपिएचएका तर्फबाट अध्यक्ष डा. सञ्जय के राय र महासचिव डा. संघभित्र घोष, आईएईका तर्फबाट अध्यक्ष डा. अनिल कुमार र सचिव डा. जुगल किशोर तथा आईएपिएसएमबाट अध्यक्ष डा. सञ्जय जोद्पी र सचिव डा. ए काड्रीले हस्ताक्षर गरेका छन् । भारतको वर्तमान अवस्था र सरकारले गर्नुपर्ने सुधारका विषयमा यी विज्ञ डाक्टरहरुको टोलीले गरेको अनुसन्धानपछि गरेको अवस्थाको विश्लेषण र त्यस आधारमा सरकारलाई दिएको सुझाव यस्तो छ –

वर्तमान अवस्थाको विश्लेषण

अहिलेको महामारी सम्पूर्ण विश्वका लागि गम्भीर स्वास्थ्य आपतकाल हो । भारत अहिले दुई कुराले नराम्रोसँग प्रभावित भइरहेको छ – १ लाख ४५ हजारभन्दा बढी घटना र ४ हजारभन्दा धेरैको मृत्यु । यससँगै मानविय संकट देखिएको छ । बन्द भएका २ लाख ७१ हजार आसपासका उद्योग र ६ करोड ५० लाखदेखि ७ करोडसम्म साना र घरेलु उद्योगमा काम गर्ने झन्डै ११ करोड ४० लाखले  जागिर गुमाएका छन् ।

३० जनवरी २०२० मा देशमा कोरोना संक्रमितको पहिलो घटना देखिएपछि भारत सरकारले देखाएको प्रतिक्रियाले संक्रमणको तीव्र दरलाई कम गरेको थियो । यसपछि पूरा देशले दैनिक जीवनमा लगभग सम्पूर्ण अवरोध स्वीकार्यो । 

Migrant workers are being provided food and water by volunteers and police near the Dr. MGR Central Railway station, in Chennai on May 31, 2020.   | Photo Credit: R. Ragu  https://www.thehindu.com


कोरोना भाइरसको नियन्त्रणका लागि क्लिनिकल, इपिडिमियोलोजिकल र ल्याबोराटरी ज्ञानले गरेको संकेतअनुसार मानव समुदायले अझै लामो समय ‘भाइरससँगै बाँच्नुपर्नेछ’ र संक्रमण कम गर्नका लागि अपरेशनल रणनीतिमा निरन्तर परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।


कोरोना भाइरसको नियन्त्रणका लागि क्लिनिकल, इपिडिमियोलोजिकल र ल्याबोराटरी ज्ञानले गरेको संकेतअनुसार मानव समुदायले अझै लामो समय ‘भाइरससँगै बाँच्नुपर्नेछ’ र संक्रमण कम गर्नका लागि अपरेशनल रणनीति निरन्तर परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

कोभिड–१९ ले स्वास्थ्य असमानता थप बढाएको संकेत अहिलेका घटनाक्रमबाट स्पष्टै देखिन्छ र जनस्वास्थ्य्यको मापदण्ड बनाउँदा यस सरोकारलाई प्रमुख रुपमा राख्नुपर्छ ।

यस महामारी नियन्त्रणका लागि प्रभावकारी र दीर्घकालीन रणनीति तथा कार्ययोजना तयार गर्न अन्तर्राष्ट्रिय समुदायले एकअर्कामा सुचना बाँड्ने र सहकार्य गर्ने गरिरहेको छ ।

यही समय हरेक देश र ती देशभित्रका भूभागले बृहत्तर आम मोडललाई नै आफ्नो विशेषताअनुकूल स्वीकार्नुपरेको छ ।

वैज्ञानिक, जनस्वास्थ्य्यकर्मी र सर्वसाधारणसँग समक्ष खुला र पारदर्शी रुपमा तथ्य बाँड्ने काम (जुन पक्कै पनि अहिलेसम्म हुन सकेको छैन) चाँडै गर्नुपर्छ । यसले महामारी नियन्त्रणको मापदण्ड बलियो बनाउँछ, तल्लो तहसम्म सद्भाव निर्माण गर्छ र विश्वासको वातावरण सिर्जना गर्छ ।

२५ मार्चदेखि सुरु भएको भारतको राष्ट्रव्यापी लकडाउन (जसलाई ३० मे २०२० सम्म लम्ब्याइएको छ) अति कडा भएपनि यस अवधिमा कोभिड–१९ संक्रमण तिव्र बढ्दै २५ मार्चमा ६ सय ६ रहेकोमा २४ मेमा १ लाख ३८ हजार ८ सय ४५ पुग्यो ।

एक प्रभावशाली संस्थाबाट भएको मोडलिङ अभ्यासको जवाफमा सायद यो अति कडा लकडाउन भएको हुनुपर्छ, जो ‘अति खराब प्रणाली’ थियो ।

यो मोडल विश्वभर २२ लाख जना मर्ने अनुमानका साथ आएको थियो । यसपछिका घटनाक्रमले यो मोडलले गरेका अनुमान निशानाबाट टाढा थियो भन्ने साबित गरिसकेका छन् ।

सर्वसाधारणका लागि सीमित मात्रै सूचना उपलब्ध छ, यस्तोमा सरकारलाई प्रारम्भमा सल्लाह दिने काम पर्याप्त तालिम र क्षमता नभएका क्लिनिसियन र प्राज्ञ इपिडिमियोलोजिस्टले दिएजस्तो देखिन्छ ।

नीति–निर्माताहरु धेरै हदसम्म्म सामान्य प्रशासनिक कर्मचारीमा निर्भर रहे । इपिडिमियोलोजी, जनस्वास्थ्य, रोकथामका औषधी र सामाजिक विज्ञान क्षेत्रका विज्ञसँग छलफल सीमित मात्रै भयो । नतिजा, भारतले अहिले मानविय संकट र रोगको फैलावट दुबैमा ठूलो मुल्य चुकाउँदैछ ।

Migrant workers wait outside a government school in east Delhi on May 18, 2020 to get screened before boarding buses to the Anand Vihar Railway Station.   | Photo Credit: PTI   https://www.thehindu.com


सर्वसाधारणका लागि सीमित मात्रै सूचना उपलब्ध छ, यस्तोमा सरकारलाई प्रारम्भमा सल्लाह दिने काम पर्याप्त तालिम र क्षमता नभएका क्लिनिसियन र प्राज्ञ इपिडिमियोलोजिस्टले दिएजस्तो देखिन्छ ।

नीति–निर्माताहरु धेरै हदसम्म्म सामान्य प्रशासनिक कर्मचारीमा निर्भर रहे । इपिडिमियोलोजी, जनस्वास्थ्य, रोकथामका औषधी र सामाजिक विज्ञान क्षेत्रका विज्ञसँग छलफल सीमित मात्रै भयो । नतिजा, भारतले अहिले मानवीय संकट र रोगको फैलावट दुबैमा ठूलो मुल्य चुकाउँदैछ ।


सरुवा रोगका आधारमा गहिरो र उत्कृष्ट रणनीति तयार हुनुपर्ने थियो, तर दुविधाग्रस्त र बेला बेलामा परिवर्तन भइरहने राष्ट्रिय स्तरका अहिलेका रणनीति र नीतिहरुले ‘सोच्दै थप्दै’ र पक्रदैं जाने’ उक्ति सम्झाउँछ ।

कोभिड–१९ का अधिकांश संक्रमित लक्षणविहीन छन्  । देखिएका लक्षण पनि हल्का छन्, ज्यानै लिने खाले छैनन् ।

अधिकांश बिरामीलाई अस्पताल भर्ना गर्न आवश्यक छैन र घरमै सामाजिक दूरी लागु गरेर उनीहरुलाई घरेलु उपचार र्न सकिन्छ ।

देशको ठूलो जनसंख्यामा संक्रमण फैलिसकेको यो चरणमा कोभिड–१९ महामारी निवारण हुनेछ भन्ने अपेक्षा गर्नु अवास्तविक हुन्छ ।

कुनै भ्याक्सिन वा प्रभावकारी उपचार अहिले उपलब्ध छैन, न त निकट भविष्यमै यो उपलब्ध हुने देखिन्छ ( यद्यपि यहाँ केही उत्कृष्ट उम्मेदवार भने भेटिएका छन् ) ।

यस कडा राष्ट्रव्यापी लकडाउनको अपेक्षित फाइदा केही समयभित्र रोगको फैलावट बन्द गरेर स्वास्थ्य्य प्रणालीमा भीड जम्मा हुन नदिनका लागि प्रभावकारी योजना र व्यवस्थापन गर्ने भन्ने थियो ।

यो हासिल भएजस्तो देखिन्छ, यद्यपि, चौथो चरणको लकडाउनपछि अतिरिक्त समस्या, आम मानिसको जीवन र अर्थतन्त्र समेत अवरुद्ध देखिएको छ ।

भारतमा मृत्युदर निकै कम छ, अहिलेसम्म प्राय जोखिम समुह अर्थात् वृद्ध जनसंख्या वा यसअघि नै कुनै न कुनै रोग लागेका व्यक्तिहरु यसको शिकार भएका छन् ।

भारतका राज्य तथा जिल्ला तहमा प्रचुर वैज्ञानिक र प्रमाणमा आधारित महामारी नियन्त्रणका उपाय उपलब्ध छन् । गरिब तथा सिमान्तकृतहरुको जीवनका लागि आवश्यक कुराको आपूर्ति सुनिश्चित गर्दै यी उपायहरु अबलम्बन गर्नुपर्छ ।  त्यस्तै, सबैका लागि स्वास्थ्य सुविधा र विशेषगरी बालबालिका, महिला, दीर्घरोगबाट ग्रस्त तथा औषधि उपचार आवश्यक भएकाहरुमा ध्यान केन्द्रीत गर्नु निकै महत्वपूर्ण छ ।

के गर्न सकिन्छ ?

भारतस्थित जनस्वास्थ्यका धेरै सामुदायिक संस्था, यसको अभ्यासमा लागका व्यक्ति र अनुसन्धानकर्ताको प्रतिनिधित्व गर्दैै हामी उल्लेखित ११ बुँदे कार्ययोजना कार्यान्वयनका लागि सिफारिस गर्दछौं ।

१  जनस्वास्थ्य तथा मानविय संकट दुबैलाई सम्बोधन गर्नजिल्ला, राज्य र केन्द्रीय तीनवटै तहमा स्वास्थ्यविद् तथा सामाजिक वैज्ञानिक सम्मिलित अन्तर– अनुशासनात्मक जनस्वास्थ्य तथा रोकथाम प्यानल गठन गर्ने ।

२  सर्वसाधारण र जनस्वास्थ्य नियोगलाई स्वतन्त्र रुपले तथ्याङ्क उपलब्ध गराउने – अनुसन्धान समुदाय अर्थात् सम्बन्धित स्वास्थ्यकर्मी, ल्याबोरेटरी, जनस्वास्थ्य्यविद् र समाजिक वैज्ञानिकसँग परीक्षणको नतिजासहित, विश्लेषण र महामारी नियन्त्रणका लागि तत्कालीन समयको सान्दर्भिक समाधान सुत्र उपलब्ध हुनुपर्छ । सरकारलाई रियल–टाइम टेक्निकल इनपुट उपलब्ध गराउन  विशेष काम गर्ने टास्क फोर्ससहितको जनस्वास्थ्य नियोग तत्कालै गठन गर्न सकिनेछ  । तथ्याङ उपलब्ध गराउने सवालमा भारत सरकार र राज्य सरकारहरुको देखाएको आपरदर्शीता स्वतन्त्र अनुसन्धान र महामारीको उचित प्रतिक्रियामा गम्भिर अवरोध हो ।


अहिले जारी राष्ट्रव्यापी लकडाउन हटाएर यसको साटो इपिडिमियोलोजिकल समीक्षाका आधारमा क्लस्टरमा केन्द्रीत रहेर कडाइ गर्नुपर्छ, अर्को लहरको सम्भाव्य संक्रमणलाई ध्यानमा राख्दै अहिलेको चरणको महामारी नियन्त्रणका लागि तर्कसंगत मापदण्ड र कोशेढुंगा तय गर्नुपर्छ ।


३ लकडाउन खोलौं, क्लस्टरमा कडाइ गरौं –अहिले जारी राष्ट्रव्यापी लकडाउन हटाएर यसको साटो इपिडिमियोलोजिकल समीक्षाका आधारमा क्लस्टरमा केन्द्रीत रहेर कडाइ गर्नुपर्छ, अर्को लहरको सम्भाव्य संक्रमणलाई ध्यानमा राख्दै अहिलेको चरणको महामारी नियन्त्रणका लागि तर्कसंगत मापदण्ड र कोशेढुंगा तय गर्नुपर्छ ।

४ नियमित स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्छ –स्वास्थ्यकर्मी तथा कामदारहरुको सुरक्षाका लागि उत्कृष्ट मापदण्ड अपनाउँदै  सबैखाले नियमित स्वास्थ्य सेवा तत्कालै सञ्चालन गर्नु अति महत्वपूर्ण छ ।

नियमित स्वास्थ्य सेवामा अवरोध हुँदाको मुल्य कतिपयका लागि प्राणघातक छ । मुटुरोग, मस्तिष्कघात, टिबीजस्ता दीर्घरोग र भ्याक्सिनमार्फत रोकथाम गर्न सकिने समस्या पनि कोभिड–१९ को छाँयामा परेका छन् । स्वास्थ्य सेवामा देखिएको यस्तो अवरोधको प्रभाव आगामी दिनमा थप उच्च हुनसक्छ ।

५ जनचेतना अभिवृद्धि र रोकथामको अभ्यास अबलम्बनमार्फत स्रोत कम गर्ने उपाय – नाबेल कोरोना भाइरसको संक्रमण फैलने सबै चरणमा  नियन्त्रणका लागि सर्वाधिक प्रभावकारी रणनीति नै स्रोत कम गर्ने नीति हो । आम रुपमा मास्कको प्रयोग (घरमै बनाएको होस् वा अन्य), हात धुने काम (साबुन वा सेनिटाइजरको प्रयोग) र खोक्दा ध्यान दिने बानी सबैले अंगिकार गर्नुपर्छ, उच्च जोखिममा रहेको जनसंख्यामा विशेष ध्यान दिनुपर्छ ।

६  सामाजिक एकतासहित शारिरीक दूरी सुनिश्चित गरौं, सामाजिक तिरस्कार नगरौं – संक्रमणको फैलावट कम गर्नका लागि शारिरीक दूरीको नियम पालना गर्नुपर्छ । यस समय अत्यास र लकडाउनले मानसिक स्वास्थ्यमा देखिएका चिन्ता सम्बोधन गर्न सामाजिक एकता प्रवद्र्धन गर्नु जरुरी छ  । कोभिड–१९ का दौरान विशेष  समुहमा (जस्तो धार्मिक वा अन्यत्रबाट फर्किएका आप्रवासी) तिरस्कार वा विभेद देखिएको छ, जबकी यस्ता समुहका सबै जोखिममा हुँदैनन् । कुनै व्यक्ति कोभिड–१९ को क्वारेन्टाइनबाट निस्किएपछि पनि उसले तिरस्कार सामना गर्नुपर्ने हुनसक्छ । मानिसलाई सचेत बनाउने र उनीहरुलाई सद्भाव र सम्मानसहित उपचार गर्ने कार्यमा सरकार, सञ्चारमाध्यम र स्थानीय संस्थाले सक्रियता देखाउनु जरुरी छ ।


कोभिड–१९ का दौरान विशेष  समुहमा (जस्तो धार्मिक वा अन्यत्रबाट फर्किएका आप्रवासी) तिरस्कार वा विभेद देखिएको छ, जबकी यस्ता समुहका सबै जोखिममा हुँदैनन् । कुनै व्यक्ति कोभिड–१९ को क्वारेन्टाइनबाट निस्किएपछि पनि उसले तिरस्कार सामना गर्नुपर्ने हुनसक्छ । मानिसलाई सचेत बनाउने र उनीहरुलाई सद्भाव र सम्मानसहित उपचार गर्ने कार्यमा सरकार, सञ्चारमाध्यम र स्थानीय संस्थाले सक्रियता देखाउनु जरुरी छ ।


७ इन्फ्लुएन्जा जस्तै खाले रोगका लागिमान्यताप्राप्त सामाजिक स्वास्थ्य्य अभियन्ता/वैकल्पिक नर्स वा सुडिनी वा बहुउद्देश्यीय स्वास्थ्य्यकर्मी र स्वासप्रश्वास सम्बन्धी समस्याका लागि निजी अस्पतालसहितका स्वास्थ्य संस्थामार्फत निरन्तर निगरानी गर्नु जरुरी छ । संक्रमण फैलिएको भौगोलिक क्षेत्र अर्थात् हटस्पट पहिचान गर्नका लागि दैनिक रिर्पोटिङ जरुरी छ ।

स्थानीय मेकिडल कलेज वा स्वास्थ्य संस्थाबाट तालिमप्राप्त इपिडिमियोलोजिस्टले यसका लागि सहयोग गर्नुपर्छ । अहिल्यै कायम रहेको एचआईभी सिरोलोजिकल पर्यवेक्षण प्लेटफर्म भविष्यमा सिरोलोजिकल पर्यवेक्षणका लागि खर्च कम गर्ने बाटो हुनसक्छ । यसबाट दबाब र ट्रेन्ड, भ्याक्सिनको आवश्यकता र अन्य रोकथामका रणनीतिको प्रभाव आँकलन पनि गर्न सकिन्छ ।

८ परीक्षण, पहिचान र आइशोलेसनसहित पूर्वाधार निर्माण– भारतले यथेस्ट मात्रामा परीक्षण दर बढाएको छ, तर केही राज्य निरन्तर पछाडि छन् । महामारीसँग जुध्ने प्रमुख उपायलाई लयमै राखिरहनका लागि जनसंख्यामा आधारित बेन्चमार्क महत्वपूर्ण छ । केही राज्यमा अति कम परीक्षण भएको छ, सरकारले निजी ल्याबमा पनि निशुल्क परीक्षणको व्यवस्था गर्न आवश्यक छ ।

संक्रमितसँगको (सम्भाव्य) सम्पर्क संख्या तथा घर फर्किने आप्रवासीको जनसंख्या देशभर निरन्तर बढ्दो छ । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोगमा प्रोटोकल र होम क्वारेन्टाइन प्रवर्द्धन गर्न जरुरी छ ।

९ इन्टेन्सिभ केयर क्षमता बढाउने–इन्टेसिभ केयर उचित तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्रै उपलब्ध गराउन सकिन्छ । लक्षण देखिएका र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएका संक्रमित समेतको उपचार अक्सिजन र अन्य उपायमार्र्फत गर्न सकिन्छ भन्ने विषयमा नयाँ प्रमाण बढ्दैछन् । मुम्बईमा अहिल्यै मेकसिफ्ट अस्पताल स्थापना गरिएको छ र कोभिड–१९ महामारी उच्च भएका बेला बढ्दो संख्याका बिरामीको उपचारका लागि अन्य शहरमा पनि यस्ता अस्पताल निर्माण गर्न सकिन्छ ।


स्वास्थ्य सेवामा खटिएकाहरुको सुरक्षा र मनोबलमा गम्भीर चुनौती हो, अस्पतालमा हुने कोभिड–१९ संक्रमण ।  जब स्वास्थ्य्य सेवा उपलब्ध गराउनेहरु संक्रमित हुन्छन्, तब संक्रमण फैलने दर पनि उच्च हुन्छ ।  स्वास्थ्य सेवा प्रदायकमा आत्मविश्वास जगाउन उनीहरुलाई उपयुक्त पिपिई उपलब्ध गराउनैपर्छ । भारतले पिपिई उत्पादन गर्नसक्ने क्षमता बढाएको छ र उत्पादन बढाउने कामलाई निरन्तरता दिनुपर्छ ।


१० अग्रमोर्चाका कर्मचारीलाई उत्कृष्ट पिपिई–स्वास्थ्य सेवामा खटिएकाहरुको सुरक्षा र मनोबलमा गम्भीर चुनौती हो, अस्पतालमा हुने कोभिड–१९ संक्रमण ।  जब स्वास्थ्य्य सेवा उपलब्ध गराउनेहरु संक्रमित हुन्छन्, तब संक्रमण फैलने दर पनि उच्च हुन्छ ।  स्वास्थ्य सेवा प्रदायकमा आत्मविश्वास जगाउन उनीहरुलाई उपयुक्त पिपिई उपलब्ध गराउनैपर्छ । भारतले पिपिई उत्पादन गर्नसक्ने क्षमता बढाएको छ र उत्पादन बढाउने कामलाई निरन्तरता दिनुपर्छ ।

११ जनस्वास्थ्य प्रणालीको सुदृढीकरण–जनस्वास्थ्य्यलाई अनुशासन,  प्रणालीगत र ऐतिहासिक रुपमा बेवास्ता गरिनु अनि नीति–निर्माण तहमा जनस्वास्थ्यविद्हरुको संलग्नता नहुनुको मुल्य देशले विशेषगरी अहिलेको महामारीमा ठूलो चुकाइरहेको छ ।  केन्द्र तथा राज्य तहमा जिडिपीको ५ प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्टयाएर मेडिकल केयरसहित (सेवा र अनुसन्धान दुबैमा) जनस्वास्थ्यलाई तिव्र रुपमा सुदृढीकरण गर्नुपर्छ ।

निष्कर्ष

हामीले सकारात्मक तर सावधानी नोटमा हस्ताक्षर गरेका छौं । तथ्यमा आधारित वैज्ञानिक तथा मानवीय नीतिले मानविय, सामाजिक र आर्थिक क्षति न्युन गर्दै हामीलाई यस विध्वंशबाट माथि उठ्न सहयोग गर्नेछ । प्रकृतिले वृहद ब्रम्हाण्डमा हाम्रो कमजोर अवस्थाको हामीलाई फेरि स्मरण गराएको छ ।


शताब्दीमा एकपटक यति ठूलो परिमाणमा आउने मानवीय तथा स्वास्थ्य्य संकटको वर्तमान अवस्थामा समेत हामीले बसेर सोचनौं र हाम्रो जीवनशैली र नीति–निर्माण तथा विशेषगरी स्वास्थ्य नीति–निर्माणमा केही आधारभूत परिवर्तन ल्याएनौं भने फेरि हामीले यस्तो परिस्थिति सामना गर्नुपर्नेछ । सायद वर्तमान महामारीमा नसोचेको मानवीय क्षति देख्नेछौं  र थप चिन्ताजनक रुपमा फेरि चाडैं यस्तै भयावह अवस्था देख्नेछौं ।


अहिलेको उच्च समयमा मानव जातिले चेतावनी संकेतमा ध्यान दिएर तत्कालै र अहिल्यै मिडकोर्स सुधार्न थाल्नुपर्छ । सबै मानव र जनावरबीच उत्कृष्ट सद्भाव सुनिश्चित राख्न वसुधैव कुटुम्बकम् (धर्ती नै परिवार हो) सिद्धान्तमा आधारित ‘एक विश्व एक स्वास्थ्य्य’ दृष्टिकोण केन्द्रमा हुनुपर्छ ।

यस ग्रहका सबै सजिव र निर्जिव वस्तुप्रति सम्मानित र विवेकी हुनु नै कोभिड–१९ पछिको विश्वमा अघि बढ्ने बाटो हो ।

शताब्दीमा एकपटक यति ठूलो परिमाणमा आउने मानवीय तथा स्वास्थ्य्य संकटको वर्तमान अवस्थामा समेत हामीले बसेर सोचनौं र हाम्रो जीवनशैली र नीति–निर्माण तथा विशेषगरी स्वास्थ्य नीति–निर्माणमा केही आधारभूत परिवर्तन ल्याएनौं भने फेरि हामीले यस्तो परिस्थिति सामना गर्नुपर्नेछ । सायद वर्तमान महामारीमा नसोचेको मानवीय क्षति देख्नेछौं  र थप चिन्ताजनक रुपमा फेरि चाडैं यस्तै भयावह अवस्था देख्नेछौं ।

प्रस्तुति : अन्वेषण अधिकारी /Title Photo :https://www.thehindu.com

(Copied from Rato Pati)

Advertisements

By समय-समाचार

Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is kripanews59@gmail.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews. हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : kripanews59@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.