सेती अस्पतालमा ठाउँ नभएपछि संक्रमितलाई मन्दिरमा राखियो


धनगढी – पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । सुदूरपश्चिमको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सेती प्रादेशिक अस्पतालले समेत वेड अभाव भएको भन्दै कोरोना भाइरस संक्रमितलाई फिर्ता पठाएको छ ।

आइसोलेशन वार्डमा शैया अभाव भएपछि सेती प्रादेशिक अस्पतालले संक्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाएको हो । कोरोना संक्रमितका लागि बनाइएको २४ शैयाको आइसोलेशन वार्ड भरिएको र थप संक्रमितलाई राख्ने ठाउँ नभएको भन्दै सेती प्रादेशिक अस्पतालले मंगलबार राति अस्पताल लगिएका पाँचजना संक्रमितलाई फिर्ता पठाएको हो ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका कालिका माविको क्वारेन्टिनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषलाई अस्पतालले भर्ना नगरी फिर्ता पठाएको नगरपालिकाका प्रमुख भीमवहादुर देउवाले बताए ।

उनले भने, ‘ पाँच नयाँ संक्रमित मध्ये दुईजनाको स्वास्थ्यमा समस्या देखिएको छ, ज्वरो आउने, खोकी लाग्ने र वान्ता समेत भइरहेको छ । त्यसैले सेती प्रादेशिक अस्पतालमा पठाएका थियौँ । तर कसैलाई पनि भर्ना गरेनन् ।’

सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि संक्रमित बिरामीलाई वडा नम्वर ४ को एउटा मन्दिरको हलमा राखिएको मेयर देउवाले जानकारी दिए । उनले सेतीले भर्ना नगरेपछि समस्या भएको बताए ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले २४ शैयाको आइसोलेशनमा २५ जना संक्रमितलाई राखिएको बताउँदै थप संक्रमितको तत्काल व्यवस्थापन गर्न नसकिएको जानकारी दिए । सामाजिक विकास मन्त्रालयले भने संक्रमित बिरामीको व्यवस्थापनको जिम्मा सम्बन्धित जिल्लामा गठित कोरोना नियन्त्रण समितिको रहेको जनाएको छ ।

सुदूरपश्चिममा मंगलबार एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७३ पुगेको छ । मंगलबार धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope