
बाईबल, कुरान, गीता, त्रिपिटक
एउटा बहुलठ्ठी र धन्दुकारीको हातमा
बोकिनुपर्दा, उचालिनुपर्दा
के सोच्दो हो तिनीहरुको मुटुले ?
कति रुँदो हो तिनीहरुको मन
रङ्ग, जात र धर्मका नाममा जिहाद छेड्ने
ब्याक्ति र समाजसंग उठबस गर्नुपर्दा ?
तिनीहरु कसैले बोकेका छैनन् सभ्यताकालागि कलंकहरु
तर किन स्वेत र अस्वेत भयो मेरो समाज ?
किन रंगिन फुलको बगैंचा भएन ?
किन छूत र अछुत भयो मेरो समाज?
किन मानब धर्म भएन ?
कहाँ चुक्यौ, हामि कहाँ चुक्यौ ?
किन देखेनौ कसैको धड्केको मुट,
कसैले देखाएको प्रेम, उसको मानबता
हामीले बोकेको बाईबल हो, कुरान हो,
गीता हो, त्रिपिटक हो,
क्राईष्ट हो, श्री कृष्ण हो, गौतम बुद्ध हो ?
किन बिर्स्यौ जातीयता र रंगभेदको नाममा
कसैको हत्या हुन्छ भने त्यो आफ्नै हत्या हो, सुसाईड हो
हाम्रा ग्रन्थको हत्या हो, सभ्यता र दर्शनको हत्या हो ?

कबि परिचय: तुलसी आचार्य फुर्सदमा कबिता लेख्न मन पराउछन
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com