छोरी बचाउन खोज्दा आमा छोरीकै मृत्यु
धरान- सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो । उक्त आगोसँगै खाना पकाउने ग्यास पड्किदा नरबहादुरकी श्रीमती धनमाया श्रेष्ठ र अशक्त छोरी सीताको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार आगलागी भएपछि अशक्त छोरीलाई बचाउन धनमाया घरभित्र पसेकी थिइन् । उनी पस्नासाथ ग्यास विस्फोट भएको थियो । विस्फोटबाट दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयले आगलागी भइराखेको घर भित्र नपस्न पटक पटक आग्रह गर्दा पनि छोरी भित्रै छिन् भन्दै चिच्याएर धनमाया घर भित्र छिरेकी थिइन् । उनी छोरी नजिक पुग्न नभ्याउँदै ग्यास विस्फोट भएको प्रत्यक्षदर्शीले बताए ।
आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो । धरान उपमहानगरपालिकाबाट ढिलो पुगेको दमकल र स्थानीय वासिन्दाले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट नरबहादुरको गरगहना, लत्ताकपडा, खाद्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन्।
(Copied from Nepal Samaya)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस