मन्त्रीका लागि दुई करोड भन्दा बढीको गाडी किन्दै प्रदेश १ सरकार


विराटनगर – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सम्पूर्ण ध्यान केन्द्रित गुर्न पर्ने बेला प्रदेश एक को उद्योग, पयर्टन वन तथा वातावरण मन्त्रालयले मन्त्रीका लागि सवारीसाधन खरिदको निर्णय गरेको छ।

मन्त्री जगदिशप्रसाद कुसियैतका लागि २ करोड ७ लाख रुपैयाँ बराबरको गाडी खरिद गर्ने भएको हो। मन्त्रालयका अनुसार गाडी खरिद प्रक्रिया लकडाउन पूर्वको भएकोले मन्त्रालयले जेठमा १२ गते बोलपत्र स्वीकृत गर्दै खरिदका लागि काठमाडौँको पायोनियर मोटो कर्पोरेसन प्रालिसँग २ करोड ७ लाख ५० हजार र काठमाडौँकै सिप्रदी ट्ेडिंग प्रालिसँग ८५ लाख ४८ हजार रुपैयाँको गाडी खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

मन्त्रालयले साधनको सीमितताका कारण गाडी खरिद गर्नुपरेको जनाएको छ। मन्त्री कुसियैतले संरचनागत रुपमा मन्त्रालय ठूलो भएको, राज्यमन्त्री थप भएको र स्रोत साधनको अभाव हुँदा खरिद प्रक्रिया अघि बढाएको बताए ।

मन्त्रालयका विभिन्न क्षेत्रमा सवारीसाधन आवश्यक भएको र अतिरिक्त रुपमा गाडी नभएकोले खरिद गर्नुपरेको उनको भनाई छ । कोरोना भाइरसको महामारीका कारण एउटा टाटा सुमो गाडी कोरोना अस्पताललाई दिएको बताएका मन्त्री कुसियैतले मन्त्रालयलाई सहजीकरण र व्यवस्थित गर्नका लागि गाडी खरिद गर्ने भएको बताए ।

जारी आर्थिक वर्षको बजेट ल्याउने क्रममा गाडी खरिदको निर्णय गरेको बताएका मन्त्री कुसियैतले गत वर्ष फागुन १८ गते खरिदका लागि आह्वान गरेको र जेठ १२ गते खरिद गर्ने निर्णय गरेको स्पष्टिकरण दिए ।

मन्त्री कुसियैत हाल प्रदेश सरकारका कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक र दैनिक उपभोग्य बस्तुको आपूर्ति व्यवस्थापन समिति संयोजक रहेकाछन्।

विपक्षीदलहरुले भने कोरोना भाइरसका कारण जनता भोकभोकै रहनु पर्ने अवस्था आएका बेला प्रदेश सरकारको गाडी खरिद गर्ने निर्णयमा आपत्ति जनाएका छन् । प्रदेश एकमा अहिलेसम्म कोरोना भाइरसबाट १ सय ८५ जना संक्रमित भएका छन् ।

(copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope