‘मिनरल वाटर’ मा लेदो भेटिएपछि


‘मिनरल वाटर’ मा लेदो भेटिएपछि हेटौंडास्थित ‘अमृत जल’ नामक पानी उद्योगमा सिल गरिएको छ । हेटौडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगमा सिल गरिएको हो ।

खाद्य  प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडा र  जिल्ला प्रशासन कार्यालय मकवानपुरको सयुक्त टोलीले उद्योगमा सिल गरेको हो । 

उद्योगले उत्पादन गरेको मिनरल वाटरमा फोहोर भएको भन्ने उजुरी परेपछि उद्योगमा सिल गरिएको खाद्य प्रविधिका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

‘उपभोक्ताले गुनासो गरेपछि उद्योगको अनुगमन गरियो । पानि फिलिङ्ग गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा पायौं, त्यसैले उद्योगमा सिल गरेका हौं’, रिजालले भने । 

उद्योगमा कार्यरत मजदुरहरुले मेसिन बिग्रिएको कारण हातले नै बोतलमा पानी भरिरहेको अवस्थामा अनुगमन टोली पुगेको थियो ।

लकडाउनको समयमा सञ्चालित उद्योगले कुनै किसिमको सुरक्षा नअपनाएको खाद्य प्रमुख रिजालले बताए । उद्योगले लापरबाही गर्दे मानव स्वास्थ्यमा खेलबाड गर्न खोजेको उपभोक्ताहरुको गुनासो छ ।

नेचुरल वेभरेजले उत्पादन गरेको मिनरल वाटर प्रयोग तथा बिक्री वितरण गर्नसमेत खाद्य तथा गुण नियन्त्रण कार्यालयले रोक लगाएको छ । 

अनुगमन टोलीले उद्योगको उत्पादन कक्ष, प्याकिङ कक्षसहित स्टोरमा पनि सिल गरेको छ । उद्योगमा रहेको ३ सय ३७ कार्टुन तयारी अवस्थाका मिनरल वाटर बिक्रीमा रोक लगाइएको छ ।
 (Copied from Shilapatra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope