अमेरिकामा भाईरसका भयपूर्ण मेरा ९० दिन, अझै कहिलेसम्म ?


बेकारमा अमेरिका आईछ भनेर पछुतो र आत्मग्लानि पनि भयो मरिन्छकि भनेर पिर पनि लाग्यो। हेर्दा हेर्दै मर्नेको संख्या ५० हजार माथि पुगिसकेको थियो।

फेब्रुवरी २०२० को अन्तिम साता, चाईनाबाट कोरोनाभाईरस (COVID-19) सर्दै सर्दै ईटालीमा आफ्नो दम्भ देखाउदै थियो। म कार्यालयमै थिए। कोरोना भाईरसले मानिसहरुको ज्यान लिएको तथ्याङ्क जोन होपकिन्स बिस्वबिध्यालयको वेबसाईटमा हेर्दै थिए। अनायासै मैले मेरा अमेरिकन सहकर्मी हरुसंग भने, “मलाई त डर लाग्न थाल्य।” सहकर्मीहरु सबै गलल्ल हाँसे। हाँस्नेहरुमा बिशेष गरि अमेरिकनहरु नै थिए। शायद उनीहरुलाई लाग्दथ्यो कि उनिहरुको देशलाई कसैलेपनि केहि गर्न सक्दैन, उनीहरु सारै शक्तिशाली र सुरक्षित छन्।

भर्खरै सुत्केरी भएकी एक महिला सहकर्मीले भनिन “तिमी किन डराएको, डराउनु पर्ने त मैले पो हो, मेरो भर्खर ३ हप्ताकि छोरी छे, यो कोरोनाले त कि बालक कि बृद्धलाई असर गर्छ रे, तिमीले डराउनु पर्ने कुनै कारण नै छैन”।

एक मनले सोचें ऊ सायद सहि छे होली, फेरी अर्को मनको कुनामा कतै न कतै भय थियो। लाग्थ्यो चाईनाबाट सुरु भएको यो महामारी युरोप हुदै कतै अमेरिका छिर्ने त होइन। मैले मन मनै पुकारे “परमेश्वरी, यो कोरोना चाहिं अमेरिका र नेपाल कहिल्यै छिरोस”। नेपाल आफ्नो जन्मघर र अमेरिका आफ्नो कर्म घर भएरहोला सायद माया मलाई यी दुवै देशको उत्तिक्कै लाग्यो। अझै पनि लाग्छ।

तर कोरोनाले मेरो बिन्ति सुनेन। रोग, बिमार र महामारी भन्ने कुराले कहाँ यो देश र त्यो देश भन्दो रहेछ र ! अन्तत: आएरै छोड्यो। बिस्तारै, बिस्तारै, बिस्तारै, हेर्दा-हेर्दै एक्कासि सबै मुलुकहरु भन्दा बढी अमेरिकनहरु लाईनै सर्यो यो महामारी, अनि सबै भन्दा बढी अमेरिकनहरूकोनै ज्यान लियो अहिलेसम्म हेर्दा।

मार्च २०२० सुरु भए देखि नै कार्यलय जान डर लागि रहेको थियो। कारण उही थियो कोरोना भाईरसको माहामारी। अरु कर्मचारीहरु सित बोल्न र भेट्न पनि डर लाग्दथ्यो। सामाजिक दूरी र सरसफाईमा ध्यान दिने समय पनि निकै द्रुत गतिमा बढेको थियो। हात त यति धेरै धोईयो कि सायद अमेरिकाको १२ बर्षको बसाईमा त्यति कहिल्यै धोईएकै थिईएन।

बिस्तारै कार्यालयमा टेलिवोर्क (घर बाटै काम गर्ने) को कुरा चल्न थाल्यो, मन अलिक हलुङ्गो भयो। जे होस् अलि कति भए पनि जोखिम कम हुने भो भन्ने लाग्यो। तर केहि समयका लागि भने पालो गरेर कार्यालय धाउनुपर्ने भयो। तरपनि ७०० जनाको हाराहारीमा रहेको कार्यलयमा आफ्नो पालो कहिले आउने हो अत्तो-पत्तो थिएन। डराई डराई कार्यलय धाईरहें। एक दिन हाकिमले भने “अब अर्को साता देखि घर बाटै काम गर्नु”। अप्रिलको २० गते देखि घर बाट नै काम गर्ने बातावरण बन्यो। मन फुरुङ्ग भयो। जे होस् अब कोरोनाले आक्रमण गर्दैन कि भन्ने अनुभूति भयो।

घरबाट काम सुरु गरियो, नेटवर्क स्लो भएकोले काम त्यति सुचारु रुपले चलेको थिएन। केहि तनाब थियो। तर पनि मनमा खुशीनै थियो। एक साता बित्यो। कतै गईएन किनकि फेरी पनि डर कोरोनाकै थियो। फेरी अर्को साता बित्यो। दुई साताभित्रमा जम्मा जम्मी एक दिन ग्रोसरी गर्न (तरकारी किन्न) गइयो, त्यो पनि अनुहारमा मास्क र हातमा ग्लोब्स लगाएर। खुशीनै थिएँ किनकि कोरोनाको लक्षण हाल सम्म पनि देखिएको थिएन म बसेको ठाउँमा । यस बीचमा समाचार धेरै हेरियो, दिनहुँ अमेरिकामा मर्ने मान्छेको संख्या बढेको बढ्यै थियो। केहि डर पनि लाग्थ्यो।

पछि त्यहि त्रास र भयको कारण समाचार नै हेर्न छोडिदिए। किनकि जति हेरे पनि मृत्युको खबर मात्रै थियो। अब समय बिताउनको लागी म लागें यु टूबमा नेपाली र भारतीय चलचित्रहरु हेर्न। मृत्युको खबर नसुनेकोले केहि तनाब कम भयो। यसै गरि अप्रिल २०२० पनि बित्यो। बेकारमा अमेरिका आईछ भनेर पछुतो र आत्मग्लानि पनि भयो मरिन्छकि भनेर पिर पनि लाग्यो। हेर्दा हेर्दै मर्नेको संख्या ५० हजार माथि पुगिसकेको थियो।

पछि त्यहि त्रास र भयको कारण समाचार नै हेर्न छोडिदिए। किनकि जति हेरे पनि मृत्युको खबर मात्रै थियो। अब समय बिताउनको लागी म लागें यु टूबमा नेपाली र भारतीय चलचित्रहरु हेर्न। मृत्युको खबर नसुनेकोले केहि तनाब कम भयो। यसै गरि अप्रिल २०२० पनि बित्यो। बेकारमा अमेरिका आईछ भनेर पछुतो र आत्मग्लानि पनि भयो मरिन्छकि भनेर पिर पनि लाग्यो। हेर्दा हेर्दै मर्नेको संख्या ५० हजार माथि पुगिसकेको थियो।

२०२० को मे महिना पनि सुरु भयो। मेरा मित्रहरु कुमार र चण्डिका घर बाहिर निस्किन थाले। साईकल कुदाउन थाले। “आत्मबल बढाउँ” उनीहरु भन्न थाले। तातोपानी बेसार खान थाले। दिनहुँ न्यु ह्याम्प्सायर राज्यका रेल ट्रेल (साईकल कुदाउने र मान्छे हिड्ने बाटाहरु) खोज्दै हिड्न थाले उनीहरु, सामाजिक दुरी कायम गर्दै । मलाई पनि कता कता अब कोरोनाको समाचार, अनि यु टूब का चलचित्रहरु देखि दिक्क लाग्न थालिसकेको थियो।

घर बाटै भए पनि सोमबार देखि शुक्रबार सम्म काम गर्नु पर्थ्यो। साथीहरुभने साईक्लिङ्ग गर्थे, फोटो फेसबुकमा पोस्ट गर्थे। म भने त्यहि हेरेर चित्त बुझाउथे। पछि म पनि घरबाहिर निस्के र शनिबार र आईतबार साथीहरु संगै साईकल हाँक्न थालें, सामाजिक दुरी कायम राख्दै । फर्केर पनि कोरोनाको समाचार हेरिन, चलचित्र पनि हेरीन। अझै हेरेको छैन। हेर्दिन। थाहा छैन कहिलेसम्म हो।

अलि अलि त आत्मबल बढ्दैछ तर पनि तनाब घटेको छैन। मे २०२० को तेस्रो साता, नेपालमा बिस्तारै बढ्दै गई रहेको यो कोरोना भाईरसले फेरी तनाब थप्यो। किनकि भाईरस अमेरिकामा आईपुग्दैन भन्दा भन्दै यसैको कारणले अब अमेरिकामा मर्नेको संख्या १ लाख नाघिसकेको थियो। अहिले हेर्दा हेर्दै नेपालमा पनि संक्रमितको संख्याले २ हजार नाघिसकेको छ भने, मृत्यु हुनेको संख्या १० भईसकेको छ।

मेरा अमेरिकाका ९० दिन जति भयपूर्ण भए, अहिले नेपालमा रहेका मेरा आफन्तहरुलाई सम्झेर फेरी अरु भयभित हुन् थालेको छु। आखिर यो भय कहिलेसम्म ?

लेखक परिचय: बिपुल नेपाल अमेरिकाको न्यु ह्याम्प्सायर राज्यमा बस्छन। उनि फुर्सदमा कहिलेकाँही लेख्न मन पराउँछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope