रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन

२३ जेठ, काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।
संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।
दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् ।
गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहितका युवा र केटी पक्षबीच झडप भएसँगै उनीहरूको हत्या भएको थियो ।
सो विषयमा घटनाको भोलिपल्टदेखि नै संसदमा सत्ता पक्ष र प्रतिपक्षले समेत संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । यो घटना जातीय विभेदका कारण नै भएको आरोप सहित छानबिनको माग गरिएको छ ।
दुईपक्षको झडपपछि केटी पक्षले कुटपिट गरेपछि नवराज विकसहितका युवाहरू ज्यान जोगाउन भेरी नदीमा हाम फालेको बताइएको छ । सो घटनामा छ जनाको शव भेटिइसकेको छ ।
(Copied from Online Khabar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस