लकडाउनले निम्त्याएको मृत्यु : बच्न–बचाउन गर्ने के ?

२३ जेष्ठ २०७७, शुक्रबार ०२:४२

कोरोना महामारीको मारमा परेको एउटा अवस्था हो गर्भवती, सुत्केरी तथा नवजात शिशु । एकथरी कोरोनाको डरले अस्पतालसम्म जान नै डराउने, अर्कोथरीलाई अस्पताल आवतजावत गर्न यातायातको अभाव र अझ अर्कोथरी जो अस्पतालको पहुँचबाट टाढा रहेका त्यसमाथि लकडाउनका कारण समयमा अस्पतालसम्म पुग्न असमर्थ । यी र यस्तै कारणहरुले यो लकडाउन अवधिमा गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युदर ह्वात्तै बढ्यो । समयमै उचित तयारी नगरी लकडाउन गर्दा कोरोनाका कारण भन्दा अन्य कारणले हुने मृत्युदर ह्वात्तै बढ्यो र यसमा गर्भवती र सुत्केरीको संख्या धेरै देखियो । यसको पछाडिका मूल कारण रहे– महामारीको भय र सम्वन्धित निकायले यसबारे समय मै उचित तयारी नगर्नु ।

कोरोना संक्रमणको डरले कति गर्भवती तथा सुत्केरीले नियमित स्वास्थ्य जाँचसम्म पनि नगराउँदा जोखिम बढेको पाइएको छ । हुन त नेपालमा मातृमृत्युदरको अवस्था पहिलेदेखि नै बढी छ । यसलाई नियन्त्रण गर्ने भन्दै सरकारले सुरक्षित मातृत्व कार्यक्रम संचालन गरे पनि समस्या समाधानका लागि राज्यले निर्धारित गरेको लक्ष्य हासिल गर्न सकेको छैन । अझ कोरोनाको महामारी र लकडाउनको अवस्थाले त मातृमृत्यु विगतको तुलनामा बढ्न पुग्यो ।

सरकारले सन् २०२० भित्रमा मातृमृत्युदरलाई प्रतिलाख १२५ मा सीमित गर्ने प्रतिबद्धता जाहेर गरेको हो । तर कोरोनाको महाव्याधि फैलिनुपूर्व नै पनि त्यो लक्ष्य हासिल गर्न असम्भवप्रायः जस्तै देखिइसकेको थियो । गत वर्षकै तथ्यांकअनुसार पनि मातृमत्युदर प्रति १ लाख जन्ममा २२९ रहेको थियो । त्यसो त सन् १९९६ मा प्रतिलाख ५३९ रहेको त्यो संख्यालाई सन् २०१६ मा आइपुग्दा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन गरेर प्रतिलाख २३९ मा झार्न सरकार सफल भएको थियो । स्मरण रहोस्, राष्ट्रसंघको दीगो विकास लक्ष्यअनुसार सन् २०३० सम्मा त्यो संख्यालाई प्रतिलाख ७५ मा झार्ने महत्वाकांक्षी लक्ष्य रहेको छ, जुन निक्कै दुरुह हुने देखिन्छ ।

सरकारले सन् २०२० भित्रमा मातृमृत्युदरलाई प्रतिलाख १२५ मा सीमित गर्ने प्रतिबद्धता जाहेर गरेको हो । तर कोरोनाको महाव्याधि फैलिनुपूर्व नै पनि त्यो लक्ष्य हासिल गर्न असम्भवप्रायः जस्तै देखिइसकेको थियो । गत वर्षकै तथ्यांकअनुसार पनि मातृमत्युदर प्रति १ लाख जन्ममा २२९ रहेको थियो ।


काठमाडौंको प्रसुतिगृह र जिल्लाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा गर्भवती एवं सुत्केरी जाँच गराउन आउनेको संख्या आधा घटेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, केही दिन अघि लकडाउनको अवधिमा मात्रै ५८ जना सुत्केरीको मृत्यु भएको र ६० हजार बढी गर्भवती स्वास्थ्य सेवाबाट वञ्चित भएको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारको ध्यानाकर्षण पनि गराएका थिए । असुरक्षित गर्भपतन र रक्तश्रावका कारण पनि महिलाको मृत्यु हुने गरेको सांसद विद्या भट्टराईले बताएकी थिइन् । यता स्वास्थ्य सेवा विभागसँग भने लकडाउनको अवधिमा ३१ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको तथ्याङ्क छ । सरकार कोरोना महामारीको पछि लाग्दा विद्यमान रहेका अन्य समस्याका कारण मृत्युदर बढ्दै गएको विज्ञहरु बताउँछन् ।

केही समयअगाडि रातोपाटीसँगको कुराकानीमा थापाथली प्रसुति गृहका निर्देशक (हाल मन्त्रालय सरुवा) डाक्टर जागेश्वर गौतमले लकडाउनका कारण र सवारी साधनको समस्याले गर्भवती महिलाले प्रसुति सेवा प्राप्त गर्न कठिनाइ भइरहेको बताएका थिए । अहिलेको अवस्थामा स्वास्थ्य संस्थामा प्रसुति सेवा लिन तथा जाँच गराउन आउने महिलालाई स्वास्थ्य संस्थाले सवारी उपलब्ध गराउन नसकेको कारण पनि ग्रामीण भेगका गर्भवती तथा सुत्केरी बढी प्रभावित भएको उनको भनाइभ् थियो । डा. गौतमले संक्रमणबाट बँच्ने नाममा गर्भवती, सुत्केरी तथा नवजात शिशु बढी अन्य रोगको मारमा परिरहेको बताएका थिए । त्यसैगरी, लकडाउनको दुई महिनाको अवधिमा मात्रै नेपालमा करीब ६० हजार सुत्केरी महिला स्वास्थ्य संस्थाको सम्पर्कमा आउन नसकेको आँकलन पनि गरिएको थियो । 

पर्याप्त मात्रामा पीसीआर परीक्षण नहुनु त कतै स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था छ । लकडाउनको समय गर्भवती तथा सुत्केरीको सुविधाका लागि विशेष व्यवस्था हुनुपर्ने भएपनि यसबारे सम्वन्धित निकायले ध्यान नदिँदा धेरै महिलाले अकालमा ज्यान गुमाउन परेको छ ।


त्यसैले लकडाउनको अवस्थामा गर्भवती, सुत्केरी र नवजात शिशुको जीवनरक्षालाई प्राथमिकतामा राखेर स्थानीय तह तथा प्रादेशिक तहले ध्यान दिएर काम गर्नुपर्ने सम्बन्धित विज्ञहरुले सुझाव समेत दिएका थिए । पर्याप्त मात्रामा पीसीआर परीक्षण नहुनु त कतै स्वास्थ्य उपकरणको अभाव हुँदा गर्भवती महिलाहरु चेकजाँचबाट नै वञ्चित हुनुपर्ने अवस्था छ । लकडाउनको समय गर्भवती तथा सुत्केरीको सुविधाका लागि विशेष व्यवस्था हुनुपर्ने भएपनि यसबारे सम्वन्धित निकायले ध्यान नदिँदा धेरै महिलाले अकालमा ज्यान गुमाउन परेको छ ।

नेपालमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका भन्दै लकडाउन गरिएको साढे दुई महिना भइसकेको छ । तर, अन्य विद्यमान समस्याको न्यूनीकरणमा खासै चासो दिएको पाइएको छैन जसका कारण नेपालमा कोरोना संक्रमणले भन्दा पनि अन्य कारणले मानिसको ज्यान गइरहेको छ । कोरोना संक्रमणका कारण भने एकजना सुत्केरीको मात्र मृत्यु भएको सरकारी तथ्याङ्क छ । मातृमृत्युदर बढ्नुको कारण र यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेबारे हामीले जनस्वास्थ्यविद् र स्त्रीरोग विशेषज्ञहरुसँग कुराकानी गरेका छौं ।

समयमा स्वास्थ्य सेवा प्राप्त गर्न नसक्दा मातृमृत्यु बढ्योः डा. शरद वन्त, जनस्वास्थ्यविद्

समयमा उपचार हुन सकेन भने गर्भवतीको र गर्भमा रहेको ज्यान जान सक्ने खतरा बढी हुन्छ । यसका लागि सम्वन्धित पक्षले विशेष पहल गर्नु पर्दथ्यो । मुख्य रुपमा यो सेवाका लागि यातायात सेवालाई चुस्त पारिनु पर्दथ्यो । त्यो भएको देखिएन । जसका कारण अहिले मातृ मृत्युदर ह्वात्तै बढ्यो ।


पहिले देखि नै हाम्रो देशको स्वास्थ्य सेवाको प्रक्रिया केही असन्तुलित थियो ।स्वास्थ्य प्रणालीमा पुनःसंरचना गरिँदा नै स्वास्थ सम्बन्धी निकायहरुमा एकापसमा समन्वयको अभाव देखियो । त्यही कारण सेवा प्रवाहमा कमी देखियो तर अहिलेकै अवस्था जस्तो भने होइन । अहिलेको प्रकोपको अवस्थाले  थुप्रै अन्यौलता थपिदिएको छ, जसलाई व्यवस्थापन गर्न नसक्दा समस्या झनै बढेको छ ।

अहिले मातृ मृत्युदर बढ्नुको प्रमुख कारण भनेको लकडाउन नै हो । लकडाउने स्वास्थ्य सेवाको गतिशीलतामा असर गरेको लुकेको छैन ।  मुख्य रुपमा मातृसेवा अझ प्रसुति सेवालाई आकस्मिक सेवामा राखिनुपर्ने थियो । यो अन्य सेवा जस्तो पर्खिन मिल्दैन र निकै जोखिमपूर्ण हुन्छ । समयमा उपचार हुन सकेन भने गर्भवतीको र गर्भमा रहेको ज्यान जान सक्ने खतरा बढी हुन्छ । यसका लागि सम्वन्धित पक्षले विशेष पहल गर्नु पर्दथ्यो । मुख्य रुपमा यो सेवाका लागि यातायात सेवालाई चुस्त पारिनु पर्दथ्यो । त्यो भएको देखिएन । जसका कारण अहिले मातृ मृत्युदर ह्वात्तै बढ्यो ।

त्यसैगरी, हाम्रो सेवा प्रवाह गर्ने प्रकृया तथा विधिमा अहिलेको अन्यौलता झनै गहिरो गरी पस्यो । विरामीले एक ठाउँबाट अर्को ठाउँ चाहर्दा चाहर्दै ज्यान गुमाउनु पर्ने अवस्था आयो । प्रजनन स्वास्थ्य, अझ त्यसमा पनि प्रसुति सेवामा त्यति जटिलता नआउनुपर्ने हो तर अहिलेको परिस्थितिले सेवा प्रवाह विधिमै अन्यौलता भएकाले पनि यो स्थिति आयो । स्थिति आफैमा जटिल हुँदा यो समस्या भयो यसमा व्यवस्थापनकै कमजोरी देखिन्छ ।

नेपालको सन्दर्भमा प्रसुति सेवामा विधि र प्रकृयाकै कारण समस्या आएको देखिन्छ । नजिक प्रसुति वा अन्य सेवा सुविधा नहुँदा पनि सेवा लिनबाट वञ्चित हुनुपरेको छ । हुन त अहिले पनि कतिपय त्यस्ता समुदाय छन्, जहाँ अझै पनि घरमा नै सुत्केरी गराउने प्रचलन छ । त्यो लकडाउन होस् या सामान्य अवस्था । त्यस्तो समुदायमा मातृशिशु मृत्युका घटना भइरहेका देखिन्थे । त्यो समुदाय जुन सँधै मातृशिशु मृत्युको हिस्सा वा कारक बन्दै आएको थियो । तर अहिले जुन किसिमको संख्या तुलनात्मक रुपमा बृद्धि भयो यसमा आम नागरिकको सचेतनास्तर दोषी छैन ।


कोरोना महामारी सुरु भएको समय (चार महिना) अघिदेखि नै हामीले निरन्तर आवाज उठाउँदेै आयौं । कोभिड–१९ को प्रकोप हाम्रो लागि थप समस्या मात्र हो । हामीले दैनिक भोग्ने स्वास्थ्य समस्या ज्यूँ का त्यूँ छन् । योभन्दा पहिलादेखि नै हामीले भोग्दै आइरहेका धेरै समस्या हामी माझ विद्यमान छन् । ती समस्याहरुलाई सम्बोेधन गर्न हामीले सकिरहेका छैनौं ।


कोरोना महामारी सुरु भएको समय (चार महिना) अघिदेखि नै हामीले निरन्तर आवाज उठाउँदेै आयौं । कोभिड–१९ को प्रकोप हाम्रो लागि थप समस्या मात्र हो । हामीले दैनिक भोग्ने स्वास्थ्य समस्या ज्यूँ का त्यूँ छन् । योभन्दा पहिलादेखि नै हामीले भोग्दै आइरहेका धेरै समस्या हामी माझ विद्यमान छन् । ती समस्याहरुलाई सम्बोेधन गर्न हामीले सकिरहेका छैनौं । र कोभिडका कारण ती अथावत समस्यालाई छायाँमा पार्नु हुँदैन भन्ने आवाज हामीले सुरुका दिनदेखि नै उठाएका हौं । ती विद्यमान समस्यामा कोभिड–१९ थप समस्या भएर थपिइयो ।

हामीले विशेष गरेर उठाएको आवाज भनेको यातायातको व्यवस्था नै थियो । संरचनागत रुपमा हामी जे छौं, त्यसलाई पूर्ण संचालनमा ल्याउने, स्वास्थ्यकर्मीहरु र अन्य सेवालाई पनि यथावत राख्नुपर्ने हाम्रो भनाइ थियो । मातृशिशु सेवामा असाध्यै महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्य स्वयंसेवीहरु छन् र त्यसका लागि स्वास्थ्य संस्था पूर्ण रुपमा संचालन गर्ने । दिर्घकालीन सेवा अथवा यातायात सेवा मातृशिशु सेवाका लागि मात्रै नभइ अन्य आकस्मिक सेवाका लागि पनि यथावत राख्ने र व्यवस्थापन स्थानीय तहमा चुस्त रुपमा हुनुपर्छ भनेर बारम्बार हामीले आवाज उठाएका हौं । तर त्यति हुँदाहुँदै पनि यी व्यवस्थापनमा कमी भएकै हो ।

एक व्यक्तिले आफ्ना व्यक्तिगत सवारी साधन विरामी ओसार्न प्रयोग गरिरहेका छन् भने राज्यले किन गर्न सक्दैन ? यो त राज्यको जिम्मेवारीको कुरा हो । कम्तिमा एउटा पालिकामा एउटा मात्र एम्बुलेन्स मात्र राख्न सकियो भने पनि धेरै समस्याको समाधान हुन्थ्यो र यो जटिलतालाई केही हदसम्म रोक्न सकिन्थ्यो । अहिले जति पनि केस देखिएका छन् ती समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्दा वा समयमा स्वास्थ्य सेवा प्राप्त नहुँदा भएका छन् ।

चिकित्सकीय सेवाका लागि हामी तयारी अवस्थामै छौंः डा. अचला बैद्य

सुत्केरी अवस्थामा कुनै भाइरल संक्रमण जुन अन्य भाइरल जस्तोः रुघाखोकी, इन्फ्लूएन्जा जस्ता समस्या हुन सक्छ । यस्तोमा स्वासप्रस्वासमा समस्या हुन्छ । अझ विशेष गरेर उच्च रक्तचापका विरामीमा यो समस्या बढी नै देखिन्छ । हो यस्तो अवस्थाका सुत्केरी विरामी छन् भने चाहिँ कोरोना संक्रमणको जोखिम ज्यादै धेरै हुन्छ । यस्तोमा कोरोनाको कारण यी लक्षण देखिएको होइन कि यी समस्या पहिल्यै भएर चाहिँ कोरोनाको संक्रमण भएको हो ।


कोरोनाको संक्रमणको अवस्था छ र धेरै गर्भवती तथा सुत्केरीको ज्यान गएका खवरहरु आइरहेका छन् तर यी कोरोनाको कारण भएको मृत्यु होइन । एकजनालाई मात्र मृत्युपछि परीक्षण गर्दा पोजेटिभ आयो । कोरोनाको संक्रमण गर्भवती तथा सुत्केरीमा बढी देखिन्छ भन्ने तथ्य अहिलेसम्म आएको छैन । यो अवस्थामा पनि अन्य अवस्थाका नागरिक सहरको संक्रमणको जोखिम हुने हो ।

तर, सुत्केरी भएको अवस्थामा महिलामा उच्च रक्तचाप, मधुमेह, किड्नी, स्वासप्रस्वासको समस्या, मुटुको, छात्तिको कुनै समस्या छ भने चाहिँ संक्रमणको जोखिम बढी हुन्छ । तर स्वस्थ्य सुत्केरीमा संक्रमणको जोखिम बढी हुँदैन र यो अन्य सामान्य मानिसलाई जस्तै हो । त्यसैगरी, डीसीएम (डाइलाटेड कार्डियोमायोप्याथी) भन्ने रोग सामान्य मानिसमा पनि देखिइरहेको हुन्छ । सुत्केरी अवस्थामा कुनै भाइरल संक्रमण जुन अन्य भाइरल जस्तोः रुघाखोकी, इन्फ्लूएन्जा जस्ता समस्या हुन सक्छ । यस्तोमा स्वासप्रस्वासमा समस्या हुन्छ । अझ विशेष गरेर उच्च रक्तचापका विरामीमा यो समस्या बढी नै देखिन्छ । हो यस्तो अवस्थाका सुत्केरी विरामी छन् भने चाहिँ कोरोना संक्रमणको जोखिम ज्यादै धेरै हुन्छ । यस्तोमा कोरोनाको कारण यी लक्षण देखिएको होइन कि यी समस्या पहिल्यै भएर चाहिँ कोरोनाको संक्रमण भएको हो ।

अहिले भइरहेका मातृमृत्युको प्रमुख कारण स्वास्थ्य व्यवस्थापन नै हो । केही निजी अस्पतालहरुले नियमित सेवा दिएपनि अन्यमा समस्या नै छ । स्वास्थ्य सेवालाई जनतासम्म पुर्याउने मुख्य दायित्व त राज्यको नै हो । राज्यले समयमै यसबारे योजना बनाएर महामारी बाहेकका अन्य समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नु पर्ने थियो । त्यो नहुँदा थुप्रै आमाहरुले अकालमा ज्यान गुमाएका छन् ।


अहिले भइरहेका मातृमृत्युको प्रमुख कारण स्वास्थ्य व्यवस्थापन नै हो । केही निजी अस्पतालहरुले नियमित सेवा दिएपनि अन्यमा समस्या नै छ । स्वास्थ्य सेवालाई जनतासम्म पुर्याउने मुख्य दायित्व त राज्यको नै हो । राज्यले समयमै यसबारे योजना बनाएर महामारी बाहेकका अन्य समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नु पर्ने थियो । त्यो नहुँदा थुप्रै आमाहरुले अकालमा ज्यान गुमाएका छन् ।


हामीले गर्भवती तथा सुत्केरी अनि अन्य आकस्मिक सेवालाई यथावत राख्दै फोनबाट र अस्पताल बाट पनि सेवा दिइरहेका छौं । गर्भवती र सुत्केरीहरु अनावश्यक अवस्थामा अस्पताल जान जरुरी छैन र फोनबाटै परामर्श लिएर घरमा बस्न सक्छन् । तर अस्पताल जानै पर्ने अवस्था छ भने चाहिँ सतर्कता अपनाएर जानुपर्ने हुन्छ ।

प्रायः समय म फोनबाट नै परामर्श दिइरहेको हुन्छु र अस्पताल पनि दैनिक जान्छु । चेकजाँच अनि शल्यक्रियाका विरामी प्राय हुन्छन् । कसैलाई केही समस्या परेमा हामी तयारी अवस्थामै छौं ।

हामीले यो महामारीको समयमा गर्भावस्था अनि सुत्केरी अवस्थाका महिलाले सतर्कताका उपाय अवलम्बन गर्ने, मास्क लगाउने, बारम्बार सावुन पानीले हात धुने, भिडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मन्दिरतिर नजाने, बाहिरी मानिसहरुसँग भेटघाट नगर्ने जस्ता कुरामा विशेष ध्यान दिन भन्दै सचेतना जगाउने कार्य पनि गरेका छौं । र अर्को महत्वपूर्ण पक्ष भनेको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने नै हो । यसका लागि आफूसँग घरमा उपलब्ध खानाहरु जस्तोः बेसार, मह, कागती, अदुवा, मरिच जस्ता कुराहरु समावेस गरेर पानी पिउनेलगायतका पोषिलो खाना खान सुझाइरहेका हुन्छौं ता कि उनीहरुको शरीरको रोग प्रतिरोधी क्षमता बलियो रहोस् र उनीहरुलाई संक्रमणको जोखिम कम होस् ।

र अर्को पाटो हामीले अहिले पीसीआर परिक्षण गराएर मात्र डेलिभरी तथा शन्यक्रिया गर्ने गरेका छौं । यसबाट विरामी, उसका परिवार तथा आफन्त, डाक्टर नर्स अनि कर्मचारीलगायत उनीसँग सम्पर्कमा आएका सवैलाई सुरक्षित राख्छ । त्यसैले अस्पतालमा भर्ना हुनुपर्ने सवैलाई हामीले पीसीआर अनिवार्य गर्ने गरेका छौं । र, सवैले बुझ्नुपर्ने एउटा महत्पूर्ण पक्ष भनेको कोरोना संक्रमित आमाबाट गर्भमा रहेको बच्चामा संक्रमण सर्दैन र दुधबाट पनि सर्दैन । त्यसैले संक्रमित आमाबाट जन्मेका शिशुलाई आमाले मास्क पन्जा लगाएर वा दुध दुहुएर अरुले खुवाउने हो भने पनि संक्रमण सर्न पाउँदैन ।

सुत्केरीपछिको संक्रमण जोखिमयुक्त हुन्छ जसको कारण पनि मातृमृत्यु बढ्योः डा. भोला रिजाल

यहाँ कोरोनाको भन्दा अन्य रोगको जोखिम पनि बढीरहेको छ र अहिले समयमा उपचार गर्न नजादाँ र गएर पनि उपचार नपाउँदा ज्यान गुमाएका खवर आएका छन् । यो दुःखद कुरा हो । कोरोना कोरोना भनेर पछि लाग्दा अन्य रोगलाई वेख्याल गर्दा अनि अन्य रोगबारे वेखवर हुने र वास्ता नगर्दा समस्या झनै थपिएको हो ।


कोरोना महामारीका कारण सिर्जित अहिलेको अवस्थामा मारमा परेका गर्भवती तथा सुत्केरीहरुमा संक्रमण भइहालेमा त्यो बढी नै जोखिमयुक्त हुन सक्छ । हुन त कोभिड–१९ सँग मिल्ने खालका इवोला, स्वाइन फ्लू, सार्स आदि जस्ता रोगमाथि कोरोना थपिएको मात्र हो । यसलाई त्यति ठूलो हाउगुजी बनाएर डरत्रास फैलाउनुभन्दा सतर्कता अपनाएर अन्य रोगका बारेमा पनि सोच्नुपर्छ ।

यहाँ कोरोनाको भन्दा अन्य रोगको जोखिम पनि बढीरहेको छ र अहिले समयमा उपचार गर्न नजादाँ र गएर पनि उपचार नपाउँदा ज्यान गुमाएका खवर आएका छन् । यो दुःखद कुरा हो । कोरोना कोरोना भनेर पछि लाग्दा अन्य रोगलाई वेख\याल गर्दा अनि अन्य रोगबारे वेखवर हुने र वास्ता नगर्दा समस्या झनै थपिएको हो ।

फेरि कोरोना संक्रमण हुँदैमा डराइहाल्नु पर्दैन । तर अरुलाई सर्न नदिन र आफूमा यसको असर गहिरो पर्न नदिन भने विशेष खयाल गर्नुपर्छ । यहाँ संक्रमणको भन्दा हो हल्लाले पनि मानिसमा डर पैदा गरेको छ । संक्रमण भइहाल्दैमा मरिहालिने होइन, त्यसैले सतर्कता अपनाउने र जोखिम न्यूनीकरण गर्नेबारेमा सवै सचेत बनौं । कोरोनाले नेपालमा खासै लक्षण नदेखाएकोले कसलाई संक्रमण छ भन्ने पनि थाहा छैन । त्यसैले यसमा सावधानी अपनाउनु अत्यन्त जरुरी छ । मुख्य रुपमा मुख, नाक र घाँटीलाई जोगाऔं । यसका लागि अपनाउनुपर्ने सतर्कताका नियमहरु दृढतापूर्वक पालना गरौं ।


कोरोना संक्रमण हुँदैमा डराइहाल्नु पर्दैन । तर अरुलाई सर्न नदिन र आफूमा यसको असर गहिरो पर्न नदिन भने विशेष खयाल गर्नुपर्छ । यहाँ संक्रमणको भन्दा हो हल्लाले पनि मानिसमा डर पैदा गरेको छ । संक्रमण भइहाल्दैमा मरिहालिने होइन, त्यसैले सतर्कता अपनाउने र जोखिम न्यूनीकरण गर्नेबारेमा सवै सचेत बनौं । कोरोनाले नेपालमा खासै लक्षण नदेखाएकोले कसलाई संक्रमण छ भन्ने पनि थाहा छैन । त्यसैले यसमा सावधानी अपनाउनु अत्यन्त जरुरी छ ।


अहिले गर्भवती तथा सुत्केरीहरुलाई सुगम क्षेत्र अझ भन्नुपर्दा हाम्रा अस्पतालमा जोखिम हुन सक्ने भएकाले रेगुलर चेकजाँचको सट्टा अल्टरनेटिभ चेकजाँच गरिएको छ । अस्पताल बढी जोखिमयुक्त क्षेत्र भएकाले उनीहरुलाई फोनबाट अनि अनलाइन परामर्श पनि दिइदै आइएको छ । केही समस्या छ भने तत्काल अस्पताल आउने र त्यसका लागि अस्पतालले पनि उनीहरुलाई आवतजावतको व्यवस्था गरिदिनुपर्छ ।

सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न जरुरी छ जति उल्लङ्घन हुन्छ उति संक्रमणको जोखिम बढ्छ । तर यो अवस्थामा जोखिममा रहेका नागरिकका लागि विशेष सुुविधा दिनु राज्यको कर्तव्य हो । यसमा राज्य चुकेको छ जसको कारण आज मातृमृत्यु र अन्य रोगका कारण भएका मृत्युका खवरहरु आइरहेका छन् । 

हामीले यो अवस्थाका महिलाहरुलाई संक्रमणबाट जोगिन तातोपानी, ज्वानो, वेसार, दालचिनी, सुकमेल आदि हालेर उमालेको पानी प्रशस्त खाने र घरमा आराम गर्न सुझाव दिने गरेका छौं र केही समस्या छ भने चाहिँ अस्पताल डाकेर नै सेवा दिइरहेका छौं । यसै सन्दर्भमा सवैभन्दा महत्वपूर्ण पक्ष भनेको कोरोनाको जाँच हो । डेलिभरीको समय छ र शल्यक्रिया गर्नुपर्ने छ भने अनिवार्य पीसीआर परीक्षण गर्नुपर्छ । एकजनाको पीसीआर परीक्षण गर्दा अस्पताल, डाक्टर नर्स र कर्मचारी साथै सुत्केरीका परिवार पनि सुरक्षित हुन सक्छन् ।

(Copied from Rato Pato. Here is the link)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.