‘रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, एमसिसीलाई खारेज गरौँ’


काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले जिम्मेवारीबोध नगर्दा जनता सिंहदरबारमै सुत्‍न आउने अवस्थामा पुगेको बताएका छन्।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि भएको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। ‘सरकारको गैरजिम्मेवारपनले जनता भोकभोकै छ।

भोकमरीमा परेका जनता सिंहदरबार, बालुवाटार र शीतल निवासमा सुत्न आउनेछन्’, उनले भने, ‘सरकार पुँजीपतिहरुलाई पोस्दैछ, तर गरिबहरु मरिरहेका छन्।’ सांसद सुवालले सिंहदरबारले नै टिपर उद्योग चलाएको आरोप लगाए।

‘रात परेपछि सयौँ टिपरको लाइन भक्तपुरमा देखिन्छ’, उनले भने, ‘यो पुरातात्विक महत्वको सहर काठमाडौंलाई निर्माणका नाममा ध्वस्त पारिँदैछ। भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गरियोस्।’ नेता सुवालले अब स्कुल स्कुलमा समाजवाद पढाउनुपर्नेमा जोड दिए।

सरकार पुँजीवादको भासमा परेको बताउँदै अब जनतालाई समाजवाद पढाउनुपर्ने बताएका हुन्।  ‘अब स्कुलमा समाजाद पढाऊँ। अमेरिकाले दिने भनेको एमसिसी खारेज गरौँ’, उनले भने, ‘एमसिसी नेपालको हितमा छैन, यसलाई कार्यान्वयन गर्नु हुँदैन।’

नेता सुवालले भारतीय योगगुरु रामदेवले चलाउँदै आएको योगलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।

‘रामदेवको योगलाई प्रतिबन्ध लगाऊँ, विज्ञान र डाक्टरहरुले पनि प्रमाणित नगरेको रामदेवको योगको कुनै अर्थ छैन’, उनले भने, ‘अबरु फिजियोथेरापीसहितका शारीरिकरुपमा फाइदा हुने कुरालाई अगाडि बढाऊँ।’ फिजियोथेरापीलाई जोड दिऊँ
(Copied from Thaha Khabar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope