जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा


अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लाइडको मृत्युको विषयलाई लिएर अमेरिकामा सुरु भएको प्रदर्शन विश्वका विभिन्न देशमा समेत फैलिएको छ । 

अमेरिकामा जातीय विभेद र प्रहरी ज्यादतीविरुद्धको प्रदर्शन जारी छ । प्रहरी नियन्त्रणमा रहेका अश्वेत व्यक्ति जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शन १२ दिन पनि जारी रह्यो । 

जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ।

बेलायत र अस्ट्रेलियामा कोरोना भाइरसको जोखिम रहँदा रहँदै पनि ठूलो संख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । अमेरिकाको राजधानी वासिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौं हजार मानिसहरू सहभागी भएका छन् ।

प्रदर्शन बढ्दै जाँदा प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ ।

वासिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन् ।

बाउसरले संघीय सुरक्षा बलका जवानहरू र नेशनल गार्ड सैनिकहरूलाई वासिङ्टन सहरबाट हटाउन माग गरिन् ।

गत सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो । ट्रम्पले वासिङ्टनमा सैनिक परिचालन गरेका छन् ।

न्यूयोर्क, शिकागो र सन फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन् । फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन् ।

न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरेका थिए ।

बेलायतमा पनि हजारौं मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन् ।

लन्डनमा एक मिनेटको मौनधारणपछि प्रदर्शनकारीहरूले नारा लगाउन सुरु गरेका थिए ।

दिनभरि प्रदर्शन शान्तिपूर्ण रहे पनि बेलुकी प्रधानमन्त्री निवास नजिकै भने केही हिंसात्मक घटना भएका थिए । 

अस्ट्रेलियामा पनि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । कोरोनाभाइरस जोखिमको बारेमा चेतावनीलाई वेवास्ता गर्दै प्रदर्शन गरिएका हुन् । ब्रिस्बेन, मेलबर्न, होबर्ट र अन्य क्षेत्रमा समेत विरोध प्रदर्शन गरिएका छन् ।

(Copied from Shila Patra)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope