पन्क्षि संसार, हेर्नुहोस तस्बिर


चितवन । यतिबेला देश, सहर, गाउंँ, समाज, टोल सबै शान्त प्रायः छन् । कोलाहल छैन, चहलपहल छैन । प्रदूषण छैन । आकाश सफा छ, पहाड हराभरा छन, हिमाल चिरिच्यिाट्ट छ । सबैतिर हरियाली छ । नदीनाला कञ्चन छन् । जताततै मनोरम वातावरणले छाएको छ ।

साढे दुई महिनादेखि देश मौन छ, शान्त छ । कारण देश बन्दाबन्दी (लकडाउन) मा छ । मानिसहरू बन्दाबन्दीमा बस्न बाध्य छन् । यतिबेला संसारका मानिसमा अलग्गै खालको त्रास छ । चिन्ता छ । उनीहरू दुःखी छन् । बन्दाबन्दीले अहिले प्रकृति गम्भीर छ, स्थिर छ । शालीन छ । यही प्रकृतिको काखमा रहेका मानवजाति र पशुपक्षीमा भने विभेद भएको आभाष हुन्छ यतिबेला । बन्दाबन्दी यता यहाँ रहेका जलचर, थलचर प्राणीहरू मग्न छन्, प्रकृतिसंँग रमाइरहेका छन् । उनीहरूले स्वतन्त्र महसुस गरेका छन् । बन्दाबन्दीले मानवजातिलाई आहात पुर्याएको छ त पशुपक्षीलाई राहत । किनकि नत उनीहरूलाई मानवजातिबाट कुनै दबाब, न कुनै कुराको अभाव छ । त्यसैले अहिले हामी बिहानै उठ्नेबित्तिकै घरवरिपरिका बोट, रूख र लहराहरूमा पक्षीहरूको चिरबिराहट सजिलै सुन्न र अनुभव गर्न सक्छौं भने बेलुका प्रत्येक रूखमा फल फलेजसरी पक्षी आरामले बास बस्न सकेको देख्छौं । 

“हाम्रो घरवरपरजस्तै चितवन राष्ट्रिय निकुञ्जमा रहेका चराहरू पनि रमाइरहेका पाएका छौं, उनीहरू अहिले, नेस्टिङ, मेटिङ र ब्रिडिङमा व्यस्त छन्,” बर्ड एजुकेससन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारी अनुभव सुनाउंँछन् । उनका अनुसार कोरोनाका कहरका कारण भएको बन्दाबन्दी मानिसका लागि अभिसाप भए पनि पक्षीका लागि फलिफाप भएको छ । लकडाउनले गर्दा ध्वनि प्रदूषण, वातावरण प्रदूषण कम र मौसम अनुकूल भएकाले पक्षीका लागि उत्कृष्ट समय भएको हो । “यस्तो समय सयौं वर्षपछि पक्षीका लागि अहिले आएको छ,” बिडारीले भने, “कारण पक्षीको कुनै डिस्टर्बेन्स छैन । अहिले निकुञ्ज छिर्नेबित्तिकै चराहरूको चिरबिर, कुहुकुहुले आल्हादित तुल्याउंँछ ।” 

वातावरण स्वच्छ भएपछि र निकुञ्ज, सामुदायिक वनसमेत मानिसको कुनै चहलपहल नभएपछि चितवन राष्ट्रिय निकुञ्जमा चराहरूको संख्या बढ्दै जाने अनुमान गरिएको छ साथै लोपोन्मुख चराहरूसमेत देखिन थालेका छन् । “यसअघि पक्षीहरूको बासस्थान, आहारमा मानिसको अतिक्रमण हुन्थ्यो अहिले त्यस्तो छैन,” उनले भने, “निकुञ्जमा एकैठाउंँमा २८ वटासम्म लोपोन्मुख लोभीपापी गरुड चरा हामीले देख्न सफल भएका छौं ।”

लकडाउन सुरु हुने समयदेखि नै रैथाने चराहरूको प्रजनन् प्रक्रिया र गृष्मकालीन पाहुना चरा आउने क्रम सुरु हुने उक्त समय लकडाउनका कारण पक्षीका लागि उपयुक्त भएको उनको भनाइ छ ।

यो समय रैथाने चरा र पाहुना चराहरूका लागि जंगल तथा सामुदायिक वनमा पर्याप्त मात्रामा फलफूलहरू रहेको र बच्चा कोरल्ने हुर्काउने उपयुक्त समय मिलेको बताउंँछन् चराविद डा. हेमसागर बराल । “जंगल, वन, र गाउंँ सहरमा समेत शान्त छ, यतिबेला निर्वाध रूपमा पक्षीले बच्चा कोरल्न पाएका छन्,” उनले भने । बरालका अनुसार अहिले गाउंँ सहर र पार्कहरूमा उल्लेखनीय रूपमा चराहरूको चहलपहल छ । “कृषिजन्य उपजमा पनि यतिबेला कृषकको खासै हस्तक्षेप छैन, नदीनाला पनि प्रदूषण छैनन्, अहिले पक्षीहरू खुसी छन्,’ उनले थपे । नेपालमा पाइने चरामध्ये ८० प्रतिशत पक्षीले यतिबेला प्रजनन् प्रक्रिया निरन्तरता दिएको उनको भनाइ छ । साथै गृष्मकालीन पाहुना चरा र सिमसार प्रजातिका चराहरूले पनि प्रजनन प्रक्रिया सुरु गरेको उनले बताए । 

पछिल्लो समय रैथाने बालीहरूमा कम असर पर्ने खालका विषादीहरू छर्ने गरिएका कारण र नदीहरू पनि स्वच्छ रहेकाले यस वर्ष पक्षीहरूको प्रजनन् क्षमता बढ्ने र संख्या पनि बढ्ने बताउंँछन् पोखरा पक्षी समाजका अध्यक्ष एवं पोखरा वन विज्ञान अध्ययन संस्थाका गेस्ट लेक्चरर मनशान्त घिमिरे । “लकडाउनका बेला बिहान मर्निङ वाक, बेलुका पार्क अनि रूखहरूमा चराहरूको बाक्लो उपस्थिति पाएका छौं,” उनले भने । उनका अनुसार अधिकांश रैथाने चराले करिब डेढ महिनामा आफ्नो प्रजनन प्रक्रिया पूरा गरेका छन् । शान्त समय भएकाले पुनः बच्चा कोरल्ने अवस्थामा रहेको उनको भनाइ छ ।

पशुपक्षी र मानव जातिका लागि यो पृथ्वी साझा हो । प्रकृतिको अतिक्रमण र विनाशसंँगै कतिपय पशुपक्षी लोप भएका छन् त कतिपय प्रजातति लोपोन्मुख छन् । लकडाउनका कारण मानवजातिको चहलपहल र वातावरण स्वच्छ भएकाले पक्षीहरूका लागि बच्चा कोरल्ने, हुर्काउने, उपयुक्त समय भएको हो । तथ्यांकअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । जसमध्ये ६४१ प्रजातिका चरा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै पाईन्छन । यसबाहेक कोसीटप्पु वन्यजन्तु आरक्षण, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफांँटा वन्यजन्तु आरक्ष चराहरूको उत्कृष्ट बासस्थान हो । विज्ञका अनुसार नेपालमा ४ प्रतिशत पर्यटक चरा हेर्नका लागि नै पर्यटक आउने गर्छन् । 

 

(Copied from 12Khari)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope