सुनचाँदीको कारोबार सुरु, यस्तो छ मूल्य


काठमाडौँ – सुनको मूल्य आइतबार देखि प्रकाशित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ८७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ८६ हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको रहेको महासंघले जनाएको छ। चाँदीको मूल्य तोलाको नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको अघिल्लो दिन १० गतेदेखि नै सुनचाँदी कारोबार बन्द भएको थियो।

सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे अनुसार नै केही घण्टा आंशिक रुपमा व्यवसाय सञ्चालन हुने महासंघले जानकारी दिएको छ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope