चर्चिलको मूर्तिमा ‘नस्लभेदी’ लेखियो, कोल्सटनको मूर्ति नदीमा फालियो

अश्वेत नागरिक जर्ज फ्लाइडको अमेरिकामा भएको हत्यालाई लिएर संसारका विभिन्न देशमा प्रदर्शन भइरहेको छ । सोही क्रममा प्रदर्शनकारीले मध्यलण्डनमा समेत भीषण प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले पार्लियामेन्ट स्क्वायरमा रहेको विन्स्टन चर्चिलको मूर्तिमा नोक्सान पुर्याएका छन् । मूर्तिमा प्रदर्शनकारीले चर्चिल नश्लवादी भएको लेखेका छन् । उनीहरूले चर्चिलविरोधी नारासमेत लगाएका थिए ।
सो क्रममा प्रहरीसँग झडपसमेत भएको छ । सो झडपपछि लण्डनको वेस्टमिन्सटर डिस्ट्रिक्टमा कर्फ्यू लगाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले प्रदर्शनकारीको प्रदर्शनको तरिकामाथि प्रश्न उठाएका छन् ।
उनले ट्विट गर्दै भनेका छन्, ‘मानिसहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार छ । तर प्रहरीमाथि हमला गर्ने अधिकार छैन । विरोध गर्नेहरूले नै प्रदर्शनकारीलाई मारेका छन् । उनीहरू आफ्नो उद्देश्य पूरा गर्न सक्दैनन् । हिंसाका लागि जिम्मेवारमाथि कारबाही हुनेछ ।’

लण्डनमा प्रदर्शनकारीले ब्रिस्टलमा रहेको १७औँ शताब्दीका ब्रिटिस मानव तस्कर (स्लेभ ट्रेडर) एडवर्ड कल्सटनको मूर्ति उखेलेर नदीमा फालिदिएका छन् ।
नदीमा फाल्नुअघि उनीहरूले जर्ज फ्लोइडको घाँटीमा प्रहरीले थिचेजस्तै मूर्तिमा थिचेका थिए ।
कल्सटन १७औं शताब्दीमा अफ्रिकी मानिसलाई अमेरिका र अन्य देशमा बेच्ने काम गर्दथे । तर पछि उनी सामाजिक कार्य गरेर समाजमा सम्मानित नागरिक बनेका थिए ।
(Copied from Shilapatra)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस