बसमा आएका ३० जनामा कोरोना पुष्टि


भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्वारेन्टिनमा रहेका उनीहरूको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको अर्घखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए।

गत जेठ १० गते भारतबाट आउने क्रममा जिल्लाको भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको मृत्यु भएको थियो। पछि उनको नेपालमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

भारतमै मृत्यु भएसँगै उनीसँगै गाडीमा सँगै आएकाहरूलाई क्वारेन्टिनमा राखिएको थापाले बताए।

‘उहाँसँगै गाडीमा आएकाहरू ५१ जनालाई छुट्टै क्वारेन्टिनमा राखेका थियौं। त्योमध्ये ३० जनामा संक्रमण देखिएको छ,’ उनले भने।

संक्रमण देखिएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक-एक जना छन्।

मृतक युवकको भने संक्रमण पुष्टि हुनुअघि नै अन्त्यष्टि गरिएको थियो। मृतकलाई कपिलवस्तुसम्म अरूसँगै एउटै बसमा ल्याइए पनि त्यहाँबाट छुट्टै गाडीमा आफन्तको जिम्मा लगाएर घर पठाइएको थियो। उनका परिवारका सदस्यमा भने संक्रमण देखिएको छैन।

युवकको मृत्यु भारतमै भएपनि संक्रमण नेपालमा पुष्टि भएकाले स्वास्थ्य मन्त्रालयले यसलाई नेपालमै मृत्यु भएको संख्यामा गणना गरेको छ।

(Copied from Seto Pati)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope