माओवादीसँग १२ बुँदे सम्झौता गर्नु गलत थियो : गोपालमान श्रेष्ठ


काठमाडौँ – सात राजनीतिक दल र तत्कालीन बिद्रोही माओवादीबीच भएको १२ बुँदे सम्झौता गलत रहेको अनुभुति हुन थालेको हस्ताक्षरकर्ता मध्येका एक कांग्रेस नेता गोपालमान श्रेष्ठले बताएका छन्।

२०६२ साल मंसिर ७ गते दिल्लीमा भएको सम्झौताअनुसार २०६२/६३ को आन्दोलन हुँदै नेपालमा राजतन्त्रको अन्त्य गरिएको थियो। त्यति बेला माओवादीसँग मिलेर राजतन्त्रको अन्त्य गरेर गलत काम गरिएको अनुभुति आफूलाई भइरहेको नेता श्रेष्ठले सोमबार बताएका हुन्।

श्रेष्ठले तत्कालीन कांग्रेस लोकतान्त्रिका उपसभापतिको हैसियतमा १२ बुँदे सम्झौता गरेका थिए। हाल उनी कांग्रेसको संगठन विभाग प्रमुख छन्।

उनले योहो टेलिभिजनमा दिएको एक अन्तरवार्तामा १२ बुँदे सम्झौताको पुन मूल्यांकन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

श्रेष्ठले अन्तर्वार्तामा भनेका छन्, ‘अहिले १४ वर्षपछि  आएर हेर्दा त्यस पुन मूल्यांकन गर्नुपर्छ कि भन्ने कताकता लागि रहेको छ। अहिले भारतीय विद्धानहरुले पनि भारत सरकारले जे गर्यो गल्ती गर्यो भन्ने भनिरहनुभएको छ।’

१२ बुँदे सम्झौता भारतको संयोजन र दबाबमा भएको दाबी गरिँदै आएको छ।

त्यसबेला माओवादीसँग सम्झौता गर्नुपर्ने अवस्थामा पुग्नुका पछाडि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले थप समय संकटकाल लम्ब्याउन नदिनु मुख्य कारण भएको समेत श्रेष्ठले उल्लेख गरेका छन्।

उनले भने, ‘अहिले आएर हामीले जे गरौँ, त्यो मुलुकका लागि ठीक भएन की भन्ने, सोच आउन थालेको छ। गिरिजाबाबुले पहिला गो अ हेड भन्नुभयो, पछि रोक्नुभयो। शेरबादुर जी प्रधानमन्त्री हुँदा दाङ र स्याङ्जा आक्रमणभएपछि संकटकाल लगाइयो, त्यो संकटकाल थप ६ महिना थप्न पाएको भए यो परिस्थिति नै आउने थिएन।’

श्रेष्ठले उक्त सम्झौता सात पार्टीले गरिरहेको आन्दोलन सफल बनाउनु पर्ने र माओवादीको शसस्त्र आन्दोलन पनि रोक्नुपर्ने बाध्यताका बिच गर्नुपरेको बताए।

‘सात दलको आन्दोलनले पनि जुन रुप लिनुपर्ने थियो, लिन सकेको थिएन। ज्ञानेन्द्रको कुपछि हामीले आन्दोलन गरे पनि सफल हुन सकेको थिए’, श्रेष्ठले भने।

उनले तत्काली पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार नै आफूले १२ बुँदे हस्ताक्षर गरेको दाबी गरेका छन्।

त्यसबेलाको घटनाक्रम सम्झिँदै उनले अन्तर्वार्तामा भनेका छन्, ‘गिरिजाबाबु दिल्ली गएर कुरा गर्नुभयो, माधवजी पनि जानुभयो, सुरुमा मलाई पनि आउन भनिएको थियो। तर म गइन। मंसिर ७ गते हस्ताक्षर गर्नुअघि हिरासतमा रहेका शेरबहादुरलाई सोध्न गएँ। त्यहाँ माधव जी र सिटौली जी पनि गएर १२ बुँदेको मस्यौदा देखाउनुभएको रहेछ।’

आफू दिल्ली जानुअघि प्रचण्डसँग कुरा गरेर गएको समेत उनले उल्लेख गरेका छन्।

श्रेष्ठले कम्युनिष्टहरु एक जुट भएकाले अब लोकतान्त्रिक विचार राख्ने दलहरु पनि एकीकृत हुनुको विकल्प नभएको आवश्यकता औँल्याएका छन्। उनले भने, ‘लोकतान्त्रिक विचार राख्ने सबैलाई कांग्रेसको छातामुनि ल्याउनुपर्छ। अब दुई पार्टी प्रणालीमा गइसकेको अवस्था छ। अर्को चुनावसम्म हामी संगठित भएर अघि बढ्नुपर्छ।

(Copied from Desh Sanchar)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope