लकडाउनले मुसा आक्रोशित


कोरोना भाइरस महामारीको लकडाउनका कारण विश्वका धेरै देशमा होटल रेष्टुरेन्टहरु बन्द छन् । धेरै मानिसहरु लकडाउनका कारण घरभित्रै बस्न बाध्य छन् । लकडाउनले संसारमा अनेक खालका बदलावहरु देखिन थालिसकेका छन् । यस्तो परिवर्तन मानिसमा मात्र होइन मुसामा समेत देख्न थालिएको छ ।

शोधकर्ताहरुका अनुसार मुसाले आफ्नो लागि खानाको नयाँ श्रोतको खोजी गर्न सुरु गरेका छन् भने मुसाको व्यवहारमा समेत परिवर्तन आएको छ ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी) ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख भए अनुसार खानका लागि छटपटाइरहेका मुसाहरुको गतिविधि असामान्य तथा रिसाहा बन्दै गएको छ ।

रिपोर्टमा भनिएको छ, ‘रेष्टुरेन्टहरु बन्द हुनाका कारणले बजार इलाकाहरुमा मुसालाई पर्याप्त खान प्राप्त भएको छैन । जसका कारण मुसाहरु खानाका नयाँ नयाँ श्रोतको खोजी यत्रतत्र भौँतारिन थालेका छन् र सार्वजनिक स्थानहरु तथा सडकमा समेत मुसाहरु अत्यधिक मात्रामा देखिन थालेका छन् ।’

अमेरिकाको न्यू ओर्लियन्स, वाशिङटन तथा न्यूयोर्क लगायतका सहरमा मुसाहरु दुलाबाट बाहिर निस्किएर सार्वजनिक स्थानहरुमा प्रसस्त देखिन थालेका छन् ।

अमेरिकी मुसा विज्ञ रोबर्ट क्यारिगनका अनुसार मुसाको यस्तो क्रोधित व्यवहार मानिसका प्रति होइन । अन्य मुसाहरु तथा सरसामानहरुप्रति हो । किनकी मुसाहरु आफ्ना खानेकुराको खोजीमा जमिनका प्वाल तथा दरारहरु खोज्दै भौँतारिरहेका छन् । मुसाहरु जति भोकाए पनि मानिसमाथि आक्रमण नगर्ने उनको भनाई छ । निरासा तथा भोकका कारण मुसाहरुले एक अर्कामाथि आक्रमण गरिरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण मानिसहरुको जिवनशैली पनि बदलिएको र घरमा धेरै दिनसम्म फोहोर समेत नराख्ने भएको हुँदा मुसाले फोहोरमा हुने खानेकुरा समेत पर्याप्त नपाउने अवस्था सिर्जना भएको छ । जसले मुसालार्य ठूलो मार परेको र खानेकुराका लागि भौँतारिँदा भोकका कारण रिसाहा बनेको मुसाविद बताउँछन् ।

स्मरण रहोस् गत अप्रिलमा बेलायतको राष्ट्रिय शत्रुजिव प्राविधिक संघले एक चेतावनी जारी गर्दै लामो समयसम्म स्कुल, पब, रेष्टुरेन्ट, होटल तथा पर्यटकीय क्षेत्रहरु लगायतका सार्वजनिक ठाउँहरुलाई बन्द गर्दा त्यसले गम्भीर परिणाम ल्याउन सक्ने बताएका थिए । उनीहरुका अनुसार यसो गर्दा विभिन्न जिवहरुलाई खानाको अभाव हुने र हिंश्रक जिवहरुले खाली रहेका भवनहरुमा बच्चा जन्माउनुका साथै खानाका लागि वस्तीहरुमा यत्रतत्र घुम्न सक्ने बताएका थिए ।

विज्ञका अनुसार खानाको खोजीमा भौँतारिइरहेको मुसाको झुण्डले कुनैप्नि घर तथा सम्पत्तिमा क्षति पूराउन सक्दछ वा विभिन्न खालका रोगहरु समेत फैलाउन सक्दछ । वैज्ञानिकहरुका अनुसार विभिन्न ५५ खालका रोगहरु मानिसबाट मुसामा सर्दछन् । बीबीसी

साभार: अनलाईन खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope