कृपा भण्डारी
२८,जेठ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको मौका छोपेर अनियमितता गर्नेलाई कारर्वाही गरिने बताउनुभएको छ । मन्त्रीपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिदै ओलीले संकटको फाइदा उठाउनेलाई नछोडिने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्व रुपैँयाको हिसाव खोज्ने बेला अहिले नभएको भन्दै सम्पूर्ण ध्यान कोरोनालाई नियन्त्रणमा लगाउनुपर्ने बताउनुभयो । ओलीले भन्नुभयो “ यो समय भनेको सजग हुँदै कोरोनाविरुद्ध केन्द्रित हुने हो” ।

प्रधानमन्त्री ओलीले शारिरिक श्रम, व्यायाम र आरामको साथै सकरात्मक सोचका साथ अगाडी बढेर कोरोनालाई नियन्त्रण गर्न सुझाव दिनुभयो । पुर्खाले अवलम्बन गरेको जीवनशैली र उपचार पद्धती हामीले पनि अवलम्बन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । “पुर्खाले नचाखेको कुनै पात, डाँठ र जरा थिएनन”ओलीले भन्नुभयो “हजारौ बर्ष लगाएर पुर्खाले गरेको आविष्कारलाई हामीले अवलम्बन गर्नुपर्छ ।”
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com