काठमाण्डौ, जेठ २८
पचास जनाभन्दा बढी यात्रु बोकेको टिपर कर्णाली नदिमा खस्दा ३० भन्दा बढी बेपत्ता भएका छन् । बुधबार बिहान कालिकोटस्थित कर्णाली नदिमा टिपर खसेको हो ।

भारतीय सिमाबाट नेपाल प्रवेश गरेका यात्रुलाई बोकेर लालिघाटबाट रास्कोट जाँदै गरेको ना ८ ख ५१३३ नम्बरको टिप्पर नदिमा खसेको हो । घटनामा मृत्यु हुने र बेपत्ता हुनेको संख्या भने पुष्ठि नभइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.