कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल


सुर्खेत- सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालमा भर्ना भएका एक बिरामीलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

त्यस्तै, उनको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ।

‘सर्पले डसेका बिरामी अस्पताल भर्ना भएका थिए, उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आकस्मिक कक्ष सिल गरेका छौं।’ डाक्टर पौडेलले भने, ‘आकस्मिक कक्षका अन्य बिरामी र स्वास्थ्यकर्मी त्रसित छन्, बिरामीको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुभएको छ।’

क्वारेन्टिनबाट बिरामी आएकाले गएराति नै पीसीआर परीक्षण गरिएको थियो।

‘क्वारेन्टिनमा बसेका व्यक्तिलाई सर्पले डसेको खबरपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेका थियौं,’ कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्यशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले भने, ‘अस्पताल भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएको छ, उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुन्छ।’

यता बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पले डसेको थियो।

‘हिजो साँझतिर क्वारेन्टिनमा बसेका पुरुषलाई सर्पले टोकेपछि अस्पताल पु¥याएका थियौं, चेक गर्दा कोरोना देखिएछ।’ बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भने, ‘क्वारेन्टिन त राम्रो थियो, कसरी सर्प आएछ ? थाहा भएन।’

(Copied from Nepal Samaya)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope