जनकपुरमा स्थानीयद्वारा प्रहरी कार्यालय तोडफोड

जनकपुर । ईलाका प्रहरी कार्यालय सबैलामा सवारी मुद्दामा थुनामा रहेका एक युवकले आत्महत्या गरेपछि तनाव बढेको छ । सबैला-१२, वरकुर्वा घर भएका २२ वर्षीय शम्भु सादाले बुधबार बिहान करिब दुई बजे थुनुवा घरभित्रै शौचालयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय वडा अध्यक्ष र अन्य राजनीतिकर्मी समेतको उपस्थितिमा शवको घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।
यता, शम्भुको हत्या भएको भन्दै आक्रोशित स्थानीयले लाठी, भाटासहित प्रहरी कार्यालय घेराउ गरि तोडफोड गरेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय सबैला र सोही परिषरमा रहेको इलाका प्रहरी कार्यालय यदुकुहाको प्रहरी भ्यानका साथै भवनको सबै झ्याल ढोका फुटाइदिएको छ ।
प्रदर्शनकारी कार्यालय भवनभित्रै प्रवेश गर्न थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको थियो । प्रहरीले भीड तितरबितर पार्न हवाइफायर गर्नुपरेको प्रहरी निरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । अहिले सबैला प्रहरी कार्यालय क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
यसैबीच सबैला-७ का करिब २४ वर्षीय अरुणकुमार मण्डलको हत्या भएको छ । मंगलबार राति गोली हानेर उनको हत्या गरिएको प्रहरीले बताएको छ । घटनावारे अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दियो ।
(Copied from 12Khari)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस