प्रधानमन्त्रीले संसदमा बजेटबारे जवाफ दिने

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिने भएका छन्।
प्रधानमन्त्री ओलीले बजेटसँगै स्वास्थ्य क्षेत्रका विषयमा समेत धारणा राख्ने तयारी गरिरहेका छन्।
मंगलबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना नियन्त्रण र जाँचमा सरकार असफल सिद्ध भएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ माग गरेको थियो।
प्रतिनिधि सभाको ११ बजेको बैठकमा उनले प्रधानमन्त्री कार्यलय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका विषयमा उठेको प्रश्नमा जवाफ दिने भएका हुन्।
प्रधानमन्त्रीको जवाफ पछि आजै प्रतिनिधि सभाबाट बजेट पास गर्ने तयारी सरकारको छ।
यसअघि हिजै बजेट पास गर्ने तयारी गरिएको भएपनि अन्तिम समयमा आजका लागि सारिएको थियो।
प्रतिनिधि सभाको मंगलबारको बैठकले नयाँ नक्सा समेट्ने संविधान संशोधन विधेयकलाई सैद्धान्तिक स्वीकृती दिएको थियो।
(Copied from Seto Pati)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस