तिम्रा जस्तै सपना मेरा पनि

२९ जेष्ठ २०७७, बिहीबार ०३:१६

तिम्रा जस्तै सपनाहरु हुन्
मेरा पनि
त्यसैले त कामना गरेको छु
हाम्रा सपनाको खेतीमा
महँगो भविष्य फलाउने
तिम्रा मिठा बोलि र सुन्दर मुटुले
मेरो सपनाको बालीमा खुबै मलजल लागेको छ,
लह लह बढेको छ मेरो सपनाको बोट,
समयलाई समेत उछिनेर लहराऊछ ,
मुटुको ताप भन्दा पनि न्यानु
तिम्रो माया र बिस्वास पाएर
सुनगावा जस्तै फुलेका छन्
मेरा चाउरी परेका यौन र बैंशका कथाहरु
तिमीले देखेका सपनामा
आजभोली म पनि देख्न थालेको छु
मेरो जीवनको उचाई, भविष्य र कर्तब्य

:तुलसी आचार्य

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.