बालुवाटारमा ठूलो संख्यामा प्रर्दशन, भीड नियन्त्रण गर्न अश्रुग्याँस र पानीको फोहोरा हानियो


२९ जेठ, काठमाण्डौ ।सरकारको पछिल्लो कार्यसँग असन्तुष्ट बनेका प्रदर्शनकारीले बिहिबार पनि बालुवाटारामा प्रदर्शन गरेका छन् । कोरोना नियन्त्रणको नाममा सरकारले ब्यापक अनियमितता गरेको भन्दै त्यसको उचित छानबिन हुनुपर्ने लगायतका मागसहित बालुवाटारमा प्रदर्शन गरेको हो । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधी खरिदमा भएको खर्च अपारदर्शी भएको भन्दै प्रदर्शन गरेका हुन् ।


प्रदर्शनकारीले आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् । ठूलो संख्यामा रहेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरेको थियो । प्रहारपछि भीड तितरबितर भएको थियो । सोही समुहले दुई दिन अघि पनि बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो ।
तस्बिर साभारःअनलाइनखबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope