नेपालको नयाँ नक्सा स्थायी हो


काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय मिडियासँग कुरा गर्दै नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा स्थायी भएको र यसले नेपाल-भारत सीमा वार्तामा कुनै समस्या नगर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय मिडिया आजतकका लागि गीता मोहनसँगको अन्तर्वार्तामा भने, “नेपालले आफ्नो भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नयाँ नक्सा स्थायी हो । कुनै पनि मुलुकको संविधानले आफ्नो सार्वभौम मुलुक, भूगोल र अन्तर्राष्ट्रिय सीमाको पहिचान गर्नुपर्छ । हामीले संविधान संशोधन गरेर त्यही गर्न खोजेका छौं । यसले नेपाल-भारत सीमा वार्तामा कुनै समस्या आउँछ भन्‍ने मलाई लाग्दैन ।

उनले सम्पूर्ण प्रमाणका आधारमा नेपालको नयाँ नक्सामा समेटिएको भूमि नेपालकै हो भन्‍ने अकाट्य प्रमाणले पुष्टि गरेकोसमेत बताएका छन् ।

नेपाललाई चीनले उक्साइरहेको भन्‍ने टिप्पणीहरु भइरहेका छन् नी भन्‍ने प्रश्‍नको जवाफमा मन्त्री ज्ञवालीले केही भारतीय मित्रहरुले नेपालले स्वतन्त्ररुपमा लिएका केही निर्णयहरुमा विदेशी हात देख्‍ने चश्‍मा फेर्नुपर्ने बताएका छन् ।

उनले भने, “म भारतीय मित्रहरुसँग आग्रह गर्न चाहन्छु कि उहाँहरुले नेपाललाई हेर्ने आफ्नो लेन्स बदल्नुस् । नेपाल मात्रै दक्षिण एसियामा एक यस्तो राष्ट्र हो जो कहिल्यै पनि कसैको उपनिवेशमा रहेन । त्यसकारण नेपाल आफैं कुनै निर्णय लिन सक्दैन भन्‍ने ‘कोलोनियल माइन्ड-सेट’ पनि परिवर्तन गर्न जरुरी छ ।”

“नयाँ नक्सामा परिवर्तन गर्नमा नेपालको र नेपाली जनताको हात छ,” उनले भने, “संसद्‍मा तपाईंले देख्नुभयो होला नि सम्पूर्ण राजनीतिक दलहरु नयाँ नक्साको पक्षमा र संविधान संशोधनको पक्षमा एकसाथ उभिनु भएको छ । मुलुकको भूमि, सार्वभौम मुलुक, स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा गरिएको सरकारको निर्णयमा तीन करोड नेपालीको हात छ ।”

मन्त्री ज्ञवालीले भारतीय मित्रले स्वतन्त्र सार्वभौम मुलुकले गरेको राष्ट्रिहितको निर्णयको सम्मान गर्नुपर्ने बताएका छन् । उनले भने, “नेपाल स्वतन्त्र निर्णय लिन्छ र राष्ट्रिय हितको पक्षमा निर्णय लिनु कसैको विरोध गर्नु होइन ।”

योगी आदित्यनाथको अभिव्यक्तिप्रति गरिएको प्रश्‍नमा मन्त्री ज्ञवालीले उक्त अभिव्यक्ति टिप्पणीको लायक नभएको बताएका छन् ।

त्यसैगरी भारतसँगको वार्ताका लागि कुनै मिति प्रस्ताव गरिएको छ भन्‍ने प्रश्‍नमा मन्त्री ज्ञवालीले भने, “समस्याको जतिसक्दो चाँडो समाधान गर्न सक्यौं त्यति चाँडो सम्बन्ध अघि बढ्छ । हामी समृद्ध दक्षिण एसिया र नेपाल-भारत सम्बन्धमा जोड दिन चाहन्छौं । पूर्वाग्रह छोडेर, तथ्यका आधारमा हामी जितसक्दो चाँडो वार्ता गरेर समस्या समाधान गर्न चाहन्छौं ।”


साभार: १२खरि


Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode