प्रहरीले गो’ली चलायो


काठमाडौं । भारतीयलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गो’ली चलाएको छ । भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हमला गरेको थियो ।

ड्युटीमा खटिएका एक प्रहरीको ह’तिया’रसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको हो । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गो’ली लागेको जनाइएको छ ।

एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको ह’तिया’र खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गो’ली लागेको बताइएको छ । शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान ल्याएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा मानिसहरुको भिड ल्याएर आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको ह’तिया’र खोस्न थालेपछि एकछिन झडप समेत भयो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् ।

भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गो’ली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । उहाँले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गो’ली लागेको जानकारी दिनुभयो ।

घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् ।


साभार: जनबोली


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope