याे बर्खा पनि हिलै हुने


धेरै वर्षदेखि बिजोग अवस्थामा रहेको चावहिल–चुच्चेपाटी सडक निर्माणकाे क्रममा रहे पनि यस बर्खाअघि पनि पिच हुने सम्भावना कम देखिएकाे छ । लकडाउनको मौका छोपेर काम गरिरहे पनि यो सडकको पुरै खण्ड यो बर्खाअघि पीच हुने सम्भावना न्यून रहेको छ ।

एकातिर नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतमा गरेको ढिलाइ अर्काेतिर निर्माण सामग्रीको अभावकाे कारण यो सडकखण्डको पूरै ठाउँमा बर्खाअघि पिच हुने सम्भावना नरहेको बताइएकाे छ । यद्यपि गाैशाला जयबागेश्वरी खण्ड भने पिच हुने सडक डिभिजन कार्यालयले बताएकाे छ ।

चावहिल चोकदेखि चुच्चेपाटीसम्म पनि पीचकाे लागि तयार छ तर जयबागेश्वरीदेखि चावहिल चोकसम्मकाे बाटाेमा देखिएकाे समस्याले याे वर्खाभरी चाबहिलमा हिलाे नै हुने देखिएकाे हाे ।

चाबिहलका अरु खण्डमा बर्खाअघि नै सडक पिच हुने तयारी भए पनि मित्रपार्कदेखि चावहिल चोकसम्म काम पूरा गर्न समस्या रहेको सडक डिभिजन कार्यालयकाे भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले सात दिनमै काम सक्ने भनेर बिजुलीका तार भूमिगत गर्नको लागि अनुमति मागेको तर २८ दिन पुग्दासमेत काम नसक्दा सडक निर्माणको ठेकेदारले काम गर्न नपाएको सडक विभागले जनाएको छ ।

(फाइल तस्वीरः हिमालयन टाइम्स) साभार: काठमान्डौ खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope