रसुवागढी नाका खुलाउन पहल


करिब ५ महिनादेखि बन्द अवस्थामा रहेको रसुवागढी नाका खुलाउन व्यवसायीले पहल थालेका छन् । हालसम्म तिब्बतमा कोरोना नदेखिएको र नाका सञ्चालन गर्दा नकरात्मक असर नपर्ने भन्दै जिल्लामा रहेका व्यवसायीले नाका खुलाउन पहल थालेका हुन् ।

चीनसँग सञ्चालनमा रहेका दुईवटा नाकामध्ये सिन्धुपाल्चोकको तातोपानी नाका यसअघि नै सञ्चालनमा आइसकेको छ । माघको १५ गतेदेखि नाका बन्द भएको थियो । सुरुमा स्थानीयले कोरोना भाइरस भित्रन सक्ने त्रासमा नाका नखोल्ने अडान लिएको भएपनि अहिले टिमरेबासी नाका खोल्न पहल थालेको स्थानीय मनु मगरले बताइन् ।

‘बन्द गरेर मात्र यसको समाधान हुँदैन भन्ने पक्षमा टिमुरेबासी रहेका छन्’, उनले भनिन्, ‘स्वास्थ्य सुरक्षालाई ध्यान दिएर नाका खुलाउन सकिन्छ ।’ लकडाउनको समयमा दुवै नाका खोल्न खोजिएको भएपनि रसुवागढी नाका खोल्न नसकिएको व्यवसायी धनबहादुर तामाङले बताए ।

पछिल्लो समय व्यवसायी तथा व्यवसायीहरूको संघसंगठनले विभिन्न निकायमा निवेदन दिने, समन्वय गर्ने तथा नाकाको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएका छन् । रसुवा चेम्बर अफ कर्मसका अध्यक्ष संजिव अमात्यले नाकामा व्यापार व्यवसाय गर्नेहरूलाई समस्या थपिँदै गएकाले तत्काल नाका खोल्नुपर्ने बताए ।

‘विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरू अहिले यसको प्रत्यक्ष मारमा परेका छन्’ उनले भने, नाका नखुलेको भन्दै रसुवा चेम्बर्स अर्फ कमर्समा दैनिक गुनासो आउने गरको छ ।’

रसुवागढी नाका गोसाइँकुण्ड गाउँपालिकामा पर्छ । गाउँपालिकाको वडा नम्बर २ मा रहेको नाका खोल्ने विषयमा वडा कार्यालयले पनि पहल गरिरहेको छ । वडाध्यक्ष दावा डिण्डुप लामाले नाका खोल्ने विषयमा अहिले निरन्तर पहल भइरहेको बताए । ‘सुरुमा नाका खोल्नका लागि स्थानीयले मानेका थिएनन्’ उनले भने, ‘अहिले नाका खोल्ने पक्षमा स्थानीय देखिएपछि पहल अघि बढाइएको हो ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न गएको माघ १५ गतेदेखि नाका पूर्ण रूपमा बन्द गरिएको छ ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।


साभार: नागरिक न्युज


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope