सरकार दमनमा उत्रेको जसपाको आरोप


जनता समाजवादी पार्टी नेपालले वर्तमान सरकार असफल भएको आरोप लगाएको छ ।

शुक्रबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकार असफल साबित भएको जनाएका हुन् ।

ad
सरकार कोराना महामारीमा पनि चरम भ्रष्टाचार र अनियमितामा संलग्न हुन थालेको भन्दै त्यसले मुलुकलाई थप संकटमा धकेलेको आरोप जसपाको छ ।

उनीहरूले सरकार चौतर्फी असफल हुन थालेपछि र जनता सरकारविरुद्ध सडकमा उत्रेर जनप्रदर्शन भएकोमा त्यसका विरुद्ध सरकार दमनमा उत्रेको आरोपसमेत लगाएका छन् ।

जसपाले जनताको मागलाई दमनमार्फत नभई उनीहरूले उठाएको माग सम्बोधन गर्नसमेत सरकारसँग माग गरेकाे छ ।

साभार : नयाँ पत्रिका


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope