कोरोना संक्रमितको संख्या ५३३५

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
यस्तै कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।
(copied from Online Khabar)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस